बागलुङ, ८ मंसिर – उद्योग बाणिज्य संघ बागलुङले एक कार्यक्रमका बीच जिल्ला प्रहरी कार्यालयका प्रमुख चक्रबहादुर सिँहलाई मंगलबार बिदाई गरेको छ । १६ महिना अघिदेखि जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत सिँहले आफ्नो बागलुङ बसाई फलदायी भएको बिदाई कार्यक्रममा बताए ।
जिल्लामा उल्लेख्य काम गर्न नसके पनि प्रहरी भित्रको समस्या समाधान गरेपछि दुई बर्ष अघि बागलुङको रूपा हत्या काण्ड पत्ता लगाउन नसकेको बताउँदै सो काण्ड अहिले सिआइबी काठमाडौंले हेरिरहेको एसपी सिँहले बताए ।
बिदाई कार्यक्रममा बागलुङ उद्योग बाणिज्य संघका उपाध्यक्ष नरेश कँडेल, सल्लाहकार देवबहादुर श्रेष्ठले प्रहरी प्रमुख चक्रबहादुर सिँहको १६ महिने कार्यकाल बागलुङ जिल्लामा राम्रो भएकोले शान्ति सुरक्षा सन्तोषजनक रहेको धारणा राखेका थिए ।
कार्यक्रममा स्वागत मन्तब्य महिला उद्यमीका अध्यक्ष भगवती केसी, अध्यक्षता उपाध्यक्ष नरेश कँडेल र सन्चालन महासचिव दयाराम पौडेलले गरेका थिए ।
Previous Article२०७३, मंसिर ८ गते बुधबारको राशिफल
Next Article योजना तर्जुमा गोष्ठी सकियो