नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । सत्ता गठबन्धनको बैठकको निर्णयअनुसार निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गर्ने निर्णय गरेको हो ।
आज शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो । पेट्रोलमा २० रुपैयाँ र डिजेल-मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाउने निर्णय भएको छ । यस अनुसार अब पेट्रोलको मूल्य १८९ निर्धारण हुनेछ भने डिजेल-मट्टितेलको १६३ कायम हुनेछ ।