म्यानचेस्टर सिटीबाट लोनमा स्पेनिस क्लब सेभिल्ला पुगेका सामिर नासरीले प्रशिक्षक गार्डियोलाले खेलाडीहरुलाई सहबास गर्न रोक लगाएको बताएका थिए। तर, नासरीले लगाएको आरोपलाई पेपले खण्डन गरेका छन्।
खेलाडीलाई सहबास गर्न प्रशिक्षकले प्रतिबन्ध लगाएको आरोप लागेपछि म्यानचेस्टर सिटीका प्रशिक्षक गार्डियोलाले त्यसको खण्डन गर्दै आफूले खेलाडीहरुलाई सहबासका लागि कुनै रोक नलगाएको दाबी गरेका छन्। गार्डियोलाले मध्यरातपछि हुने सहबासले खेलाडीको प्रदर्शन सुधारिने बताएका छन्।