बनेपा, ६ मंसिर – झारफुकको निहुँमा किशोरीलाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पीडितका आफन्तले दिएको उजुरीका आधारमा पक्राउ परेका ५८ वर्षीय प्रेम तिमल्सिनाविरुद्ध सोमबार प्रहरीले जबर्जस्ती करणीको मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए।
बनेपा–५ मा अस्थायी रुपमा बस्ने तिमल्सिनालाई शनिबार नै प्रहरीले नियन्त्रणमा लिएको थियो। यसअघि पनि झारफुकको निहुँमा बलात्कार गरेको आरोपमा काभ्रेपलाञ्चोक जिल्लाको शङ्खु गाविसबाट प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको थियो। ती किशोरीमा तीन महिनाको गर्भ रहेको बताइन्छ। रासस
Previous Articleहिन्दु राष्ट्र स्थापनाका लागि नेतृत्वदायी भूमिका – राप्रपा
Next Article ‘मध्यरात पछिको सेक्सले खेलाडीलाई थप उर्जा’