हिमाली जिल्ला म्याग्दीको मालिका गाउँपालिका–५, देवीस्थानको जंगलमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको घटनास्थलमै मृत्यु हुनुका साथै एक जना गम्भीर घाइते हुनुभएको छ ।
देवीस्थानको भीरखर्क सामुदायिक वनमा लागेको आगोमा परी जलेर देवीस्थान गरजडाका २६ वर्षीय म बहादुर बोहोरा(सार्की)को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । यसैगरी आगो निभाउने क्रममा मृतक बोहोराका भाइ २१ वर्षीय मनबहादुर सार्की गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) वीरेन्द्रराज गुरुङले जानकारी दिनुभयो ।
इन्स्पेक्टर गुरुङका अनुसार घाइते मनबहादुरलाई प्राथमिक स्वास्थ्य केन्द्र दरबाङमा उपचार पछि थप उपचारका लागि प्रभु एअरको हेलिकप्टरमार्फत पोखरा रिफर गरिएको छ । सामुदायिक वनमा कसले आगो लगायो भन्ने सन्दर्भमा अनुसन्धान भै रहेको भए पनि आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, एकजना गम्भीर घाइते
Previous Articleनारी दिवसको साथर्कता
Next Article माओवादीको नाम अब परिवार दल राख्दा हुन्छ: सांसद थापा