नेकपा एमाले निकट युवाहरुको संगठन राष्ट्रिय युवा संघ नेपालको संगठन विस्तार अभियान तिब्र रुपमा अगाडी बढाइएको छ । उत्तरी म्याग्दीको अन्नपुर्ण गाउँपालिका–२ भूरुङ तातोपानीमा युवा संघको वडा कमिटी गठन भएको छ।
राष्ट्रिय युवा संघ नेपालको अन्नपुर्ण गाउँपालिका–२ को अध्यक्षमा सिमन गर्बुजा चयन भएका छन् । राष्ट्रिय युवा संघ नेपालको उपाध्यक्षमा सरोज फगामी, सचिव राजु पाइजा, कोषाध्यक्षमा प्रविन फगामी र सह–सचिव विजय पाइजा चयन भएका छन् ।
नेकपा एमाले अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष धनकुमार पुर्जाको प्रमुख आतिथ्यतामा भएको युवा भेलाले सदस्यहरुमा दिपाल राम्जाली, निदेश राम्जाली, टंक पुन, राजु राम्जाली, सुविन गर्बुजा, दिपेन माइलीपार, कुमार सुनार, ओमविकास फगामी, नविन फगामी, टके पुर्जा, इन्द्र तिलिजा, डम्बर फगामी र राजु फगामीलाई चयन गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि धनकुमार पुर्जाले अन्नपुर्ण गाउँपालिकामा गत निर्वाचनमा कही कतै प्राविधिक कमजोरीले गर्दा पार्टीका शुभचिन्तकहरु धेरै हुँदै गर्दा पनि सामान्य पछि परिएको भए पनि अबका दिनमा एमाले कहिल्यै पछि नपर्ने बताए । पुर्जाले भने प्रत्येक स्थानमा एमालेका नेता कार्यकर्ता अनि शुभचिन्तकहरुको उपस्थिति हुनै पर्छ र त्यसको नेतृत्व राष्ट्रिय युवा संघ नेपालले गरेर अगाडी बढ्नुपर्छ । पुर्जाले भने–अबका सबै निर्वाचनमा अन्नपुर्ण गाउँपालिकाले म्याग्दी जिल्लामा एमालेको उपस्थिति कति मजबुत छ र के गर्न सक्छ भन्ने शन्देश दिनेछ ।
कार्यक्रममा नेकपा एमाले अन्नपुर्ण गाउँपालिका–२ का वडा अध्यक्ष यामबहादुर फगामीले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई पहिलो शक्ति बनाउनका लागि आफूहरु लागि पर्ने बताएका थिए । कार्यक्रमका विशिष्ट अतिथी नेकपा एमाले धौलागिरी गाउँपालिका कमिटीका उप–सचिव एवम् राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटीका उपाध्यक्ष विजय घर्तीले पार्टीलाइ आवश्यक पर्ने प्रत्येक स्थानमा राष्ट्रिय युवा संघ नेपाल उपस्थित हुने र आफ्ना कार्यकर्ताको सुरक्षाका लागि आफूहरु पर्खाल बनेर खडा हुने बताए । घर्तिले भने हामी हाम्रा कार्यकर्ता सँगै समग्र जनताको सुरक्षाका लागि पर्खाल बनेर खडा हुन्छौं । राष्ट्रिय युवा संघ नेपालले अवको निर्वाचनमा प्रत्येक स्थानमा एमालेलाई पहिलो पार्टी बनाउनका लागि खट्नेछ ।
कार्यक्रममा इच्छा गर्बुजा, अप्सन राम्जाली, रुपक पुर्जाले मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सुरेस सुनारले गरेका थिए ।
Previous Articleउज्यालो वैकल्पिक विद्यालयलाई जेसीजको आर्थिक सहयोग
Next Article निर्वाचनमा अर्जुनदृष्टि