बागलुङ, ५ मंसिर – जिल्लामा जारी टि–टुवेल अन्तर विद्यालय स्तरीय ‘गरिमा च्याम्पियनसिप ट्रफि–२०७३’ क्रिकेट प्रतियोगीताको दोस्रो दिन शनिबार तीन खेल सम्पन्न भएका छन् ।
दोस्रो दिनको खेलबाट विद्या मन्दिर मावि, चिल्डे«न लाईफ बोर्डिङ्ग स्कुल र अमर आदर्श मावि सेमिफाईनलमा प्रवेश गरेका छन् । धौलागिरी विरेन्द्र उच्च मावि र विद्यामन्दिर उच्च माविबीच भएको प्रतियोगीतामा विद्यामन्दिर ३८ रनअन्तरले विजय भएको थियो । ट्रस जितेर व्याटिङ रोजेको विद्यामन्दिरले ६ विकेटको क्षतीमा एक सय १३ रनको टार्गेट पेस गरेको थियो । जवाफी व्याटिङमा उत्रिएको धौलागिरी विरेन्द्र उच्च मावि ७७ रनमा अलअउट भएको थियो । विद्या मन्दिरको जितमा नारायण जिसीले सर्वाधिक रन जोडेका थिए ।
यसैगरी, ट्रस जितेर व्याटिङ रोजेको चिल्डे«न लाईफले निर्धारित ओभरमा दुई विकेटको क्षतीमा एक सय २० रनको लक्ष्य प्रस्तुत गरेको थियो । चिल्ड्रेन लाईफको लागि भुवन श्रीसले प्रतियोगीताको पहिलो अर्धशतक ५६ रन जोडेका थिए ।
जवाफी व्याटिङमा उत्रिएको कालीगण्डकी उच्च मावि निर्धारित ओभरमा ५ विकेटको क्षतीमा जम्मा ९४ रन बनाएको थियो । यस्तै, युएस बोर्डिङ स्कुल र अमर आदर्श उच्च माविबीच भएको खेलमा अमर आदर्श ६ विकेटले विजय भएको थियो । टस जितेर फिल्ड रोजेको अमर आदर्शको जितको लागि सन्देश छन्त्यालले प्रतियोगीताको दोस्रो अर्धसतक ५६ रनको योगदान गरेका थिए । पहिले व्याटिङ गरेको युएस एकेडेमीले निर्धारित ओभरमा ५ विकेटको क्षतीमा ८९ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
प्रतियोगीताको तेस्रो दिन आइतबार न्यु ओयसिस भर्सेज फ्युचर ब्राईटर उच्च मावि, भीमसेन मावि भर्सेज सनराईज मावि र सिद्धार्थ शिक्षा सदन भर्सेज आदर्श विद्या मन्दिर बीचको खेल संचालन हुने खेल संयोजक केदार पौडेलले जानकारी दिए ।
Previous Articleभारत थप दुई सय ५० मेगावाट बिजुली दिन सहमत
Next Article २०७३ मंसिर ५ गते आईतबारको राशिफल