दुई मुक्तक
राजेन्द्र ढकाल
१,
अरुलाई सास्ती हुने गरी मस्ती नगर
मेरो बस्तीमा राती राती गस्ती नगर,
एकतर्फी हुँदैन माया, दुबै राजी हुनुपर्छ
मेरो मन छैन प्रिया, जबरजस्ती नगर ।
२,
माया बसेको मान्छे भेट्न आउनु पर्छ,
स्पर्षमा मिठो धुन रेट्न आउनु पर्छ,
घरमा बसेर मात्र कहाँ पुग्ला र काली,
महिनौ देखिको अत्यास मेट्न आउनु पर्छ ।