बागलुङ, ३ मंसिर – १२ महिना १२ दिन अतिरिक्त सेवा दिएका तत्कालिन गाविस सचिव विष्णुप्रसाद शर्मालाई बुर्तिबाङका अगुवाले गलाभरी फुलमालासहित मनै छुने प्रशंसाका शब्दले बिदाई गरेका छन् ।
खुंगामा दरबन्दी भएर पनि बुर्तिबाङ गाविस कार्यालयको समेत जिम्मेवारी लिएर एक बर्षदेखि सेवा दिँदै आएका शर्मालाई बिहिबार भब्य कार्यक्रम गरेर विदाई गरिएको हो । नवआगन्तुक सचिव चण्डीराज पौडेललाई स्वागत र तत्कालिन सचिव शर्माको विदाईमा गरिएको कार्यक्रममा वक्ताहरुले बुर्तिबाङमा गरेको कार्यसम्पादनको प्रशंसा गरे ।
दल तथा सरोकारवालासँग समन्वय गरेर कसैलाई विभेद नगरी काम गरेको र नागरिकका अत्यावश्यक काममा कार्यालय समयभन्दा अतिरिक्त समय दिएको कुरा धेरैले सम्झिए । कार्यक्रममा एकीकृत सेवा केन्द्र बुर्तिबाङका प्रमुख जनक थापाले कर्मचारीको काम नगरिकलाई सहज र छरितो सेवा दिने जिम्मेवारी हुने भन्दै तत्कालिन सचिव शर्माले ईमान्दारीपुर्वक कार्यसम्पादन गरेको बताए । थापाले भने, ‘म पनि नागरिकको सेवालाई पहिलो प्राथमिकतामा राखेर कार्यसम्पादन गर्न जोड दिने गर्छु’ उनले थपे, ‘शर्माले मेरो मान्यतालाई पुष्टि गर्नुभयो ।’ नेपाली काँग्रेस बुर्तिबाङ सभापती सालिकराम शर्माले सामान्य नागरिक र ठुलाबडा सबैलाई विभेद नगरी समान व्यवहारसहित सेवा दिएकै कारण सवैको प्रिय बन्न सकेको बताए ।
एमाले अध्यक्ष केसर छन्यालले अहिलेसम्मका सचिवको कार्यसम्पादन तुलना गर्दा निवर्तमान सचिव शर्माले राम्रो सेवा दिएर बिदा भएको भन्दै खुसी व्यक्त गरे । नेकपा क्रान्तिकारी माओवादीका वीरबहादुर विश्वकर्माले दुई गाविसमा काम गर्दा पनि बुर्तिबाङमा राम्रो छाप छोड्न सकेको भन्दै अब सवै समय खुंगामा खर्चेर त्यहाँका नागरिकलाई अझै स्तरिय सेवा दिई असल सेवक बन्न आग्रह गरे ।
बागलुङ उद्योग बाणिज्य संघ बुर्तिबाङ ईकाईका अध्यक्ष चिन्तमाणी शर्माले बुर्तिबाङमा काम गर्न सजिलो नभएको भन्दै कर्मचारी सरुवा हुँदा बुर्तिबाङ आउन नमान्ने प्रबृत्तिलाई गलत सावित गर्दै फेरी पनि सरुवा हुनुपर्ने अवस्थामा संयोग मिले बुर्तिबाङमै आउन आग्रह गरे ।
सेवाग्राहीको चाप अत्याधिक हुने, राजनीतिक रुपमा पनि अलि चुनौति पुर्ण मानिएको बुर्तिबाङ गाविसमा एक बर्ष काम गरेर प्रशंसा कमाएका शर्मालाई ढोरपाटन दैनिकले तपाईको कार्यकालमा गर्न चाहेर पनि कारणवस हुन नसकेको अथवा ध्यान नपुगेको अहिले आएर यो काम पनि गर्न पाएको भए हुन्थ्यो भन्ने कुरा पनि त होलान् नी ? भन्ने प्रश्नमा उनले भने, ‘मैले पुँजिगत बजेटबाट सञ्चालन गरिने योजना निर्माणका लागि स्थलगत रुपमा गाउँमै जानुपथ्र्यो, त्यो गर्न सकिन ।’ उनले थपे, ‘जनप्रतिनिधि नहुँदा र दुईओटा गाविस एक्लै हुर्नुपर्दा सबै काममा प्रयाप्त समय दिन पाईन ।’ बक्ताहरुले नवआगन्तुक सचिव चण्डिराज पौडेलसँग पनि विगतमा गाविस कार्यालय चालाएको अनुभव भएकाले नमुना काम गर्नसक्ने विश्वास व्यक्त गरे ।
नवआगन्तुक सचिव पौडेलले गाविस कार्यालय राजनीतिक दल र अन्य सरोकारवाला एक सिक्काको दुईपाटा भएको भन्दै सबैसँग समन्वय गरेर काम गरेमात्र सफल भईने भन्दै त्यसका लागि आफु प्रतिवद्ध रहेको बताए ।
उनले गाविस कार्यालयबाट प्रवाह हुने सेवा सम्बन्धि नागरिक बडा पत्रको बारेमा वडा नागरिक मञ्चमार्फत समान्य नागरिकलाई सचेत गराउने अभियान सञ्चालन गर्नुपर्ने बताए ।
पौडेलले कार्यालय समयको कार्यसम्पादनलाई व्यवस्थित गरि आवश्यक पर्दा अतिरिक्त समय दिएर पनि नागरिकलाई अत्यावश्यक सेवा दिने प्रतिबद्धता व्यक्त गरे ।
Previous Articleशेयर सूचिकरण गर्ने सम्झौतामा हस्ताक्षर
Next Article भिरबाट लडेर किशोरीको मृत्यु