बागलुङ, ३ मंसिर – घाँस काट्न जंगलमा गएका बेला भिरबाट लडेर बागलुङको खुंखानीमा एक किशोरीको ज्यान गएको छ । खुं्खानी गाँउ विकास समितिको वडा नम्बर–६ थास्पुरीकी १८ बर्षिया राममाया गोतामेको ज्यान गएको हो ।
बिहिबार बिहान ९ बजे घर नजिकैको नयाँवन भन्ने जंगलमा घाँस काट्न गएकी गोतामे अचानक भिरबाट ७० मिटर तल खसेको स्थानिय जयप्रकाश सुन्चौरीले जानकारी दिए ।
गोतामेको टाउकोमा गम्भिर चोट लागेको थियो । घाईते भएकी उनलाई उपचारका लागि लैजाने भनेर घरतर्फ ल्याउँदै गर्दा बाटोमै ज्यान गएको सुन्चौरीले बताए ।
Previous Articleगाविस सचिव शर्माको भव्य विदाई
Next Article ३ मंसिर २०७३, ढोरपाटन दैनिक