बागलुङ, ३ मंसिर – ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड बीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु. १ सय कायम भएको १०००००० कित्ता साधारण शेयर सूचिकरण गर्ने सम्झौता बिहिबार सम्पन्न भएको छ ।
बैंकले सर्वसाधारण समक्ष एनआईविएल क्यापिटल मार्केट लि. लाजिम्पाट काठमाडौंमार्फत ४५०००० हजार कित्ता साधारण सेयर खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणलाई वितरण गरिएको ४५००००० कित्ता तथा कम्पनीका संस्थापकहरुले लगानी गरेको ५५०००० हजार कित्ता समेत गरी जम्मा १०००००० कित्ता शेयर वितरण भई नेपाल स्टक एक्सचेन्जमा सूचिकरण भएको छ ।
शेयर सूचिकरण सम्झौता पत्रमा ग्रीन डेभलपमेन्ट बैंक लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार श्रेष्ठ र स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सीताराम थपलियाले हस्ताक्षर गरेका छन् ।
धितोपत्र सम्बन्धि ऐन, २०६३ बमोजिम सम्बन्धित बैंक र नेपाल स्टक एक्सचेन्ज लि. बीच शेयर सूचिकरण सम्झौता हुनुपर्ने र सोको सार्वजनिक सूचना दैनिक प्रकाशनमा प्रकाशित मितिले ७ दिन पश्चात विधिवत सो बैंकको शेयर ईजाजत प्राप्त सदस्य दलालहरु मार्फत नेपाल स्टक एक्सचेन्जमा कारोबार गर्ने प्रक्रिया रहेको छ ।
Previous Article२०७३ मंसिर ३ गते शुक्रबारको राशिफल
Next Article गाविस सचिव शर्माको भव्य विदाई