दोहोरी गितमा पनि यति सम्म गर्न सकिन्छ भन्ने उदाहरण प्रस्ट रुपमा समाजमा उतारेर आफ्नो कला प्रस्तुत गरिसकेका छन् सर्जक नकुल ढकालले । बागलुङकाे बलेवा जन्मेर म्याग्दीलाइ कर्मथलो बनाएका ढकालले राजाले दोहोरी जितेर राजकुमारीलाइ बरमाला ग्रहण गर्न चुनौती दिएपछी विभिन्न राज्यबाट उपस्थित राजकुमारहरु बीच दोहोरी गाउन तयार नभएपछि अन्तत आछामी राजकुमारको उपस्थितले राजाको प्रतिज्ञा पूरा गरेको थियो ।
झट्ट हेर्दा राम सीता स्वयमबरको झल्को मेटाउने खालयो भिडियो नकुल ढकाल आफैले लेखेका हुन् भने सङ्गीत हेमन्त कान्छाले गरेका छन् । प्रीज्मा रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड भएको उक्त गितको म्युजिक भिडियोको निर्देशन निसान घिमेरेले गरेका छन् । मोड्लिङ्गमा अन्जली अधिकारी र लोमस शर्माले गरेका छन । नकुल ढकाल रबि कार्की कमल राजन भुजेललगायतका म्याग्देली कलकारहरुको उल्लेख्य सहभागीता रहेको गितको म्युजिक भिडियोले ४८ घन्टामा एक लाख दर्शकले हेरेका छन् । ईतिहास नै खोतलेर म्युजिक भिडियोमा समाबेश गर्न सफल ढकालको अहिले चौतर्फी चर्चा समेत चलेको छ । पर्बते राजाको कथालाई परिकल्पनामा उतारेर नकुल ढकालले उक्त सृजना तयार गरेका छन् ।