बागलुङ, २ मंसिर – ‘गौरवका साथ तिरौ कर, समृद्ध राष्ट्र हाम्रो रहर’ भन्ने नाराका साथ बागलुङमा ५ औं कर दिवश मनाइएको छ । नेपाल सरकारले २०५४ सालमा लागू गरेको मूल्य अभिवृद्धि कर भ्याट शुरु भएको मितिको सम्झनामा २०६९ साल मंसिर १ देखि यो दिवश मनाउन थालिएको हो ।
दिवशको अवसरमा सबैले रमाएर कर तिर्ने वातावरण राज्यले बनाउनुपर्नेमा जोड दिए । साथै कर तिर्नेलाई पुरस्कार र छल्नेलाई दण्डको व्यववस्था गर्न सकेमा मत्र राष्ट्र बलियो बन्ने धारणा राखे ।
प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले राज्यले करको दायरा बढाउनुपने योजना ल्याउनुपर्नेमा जोड दिए । उनले कर छल्नु भनेको राज्य विरुद्धको अपराध भएकोले थोरै धेरै कर नभनी कडाईका साथ संकलन गर्नुपर्ने बताए । नियमित कर तिरिरहेकालाई सामान्य गल्तीको भरमा कारवाहीमा पु¥याउनु भन्दा नियमित करदाता शिक्षा कार्यक्रम संचालन गरेर नयाँ प्रणालीबारे सूचित गर्नु सरकारी निकायको कर्तव्य भएको समेत धारणा राखे ।
उक्त अवसरमा बागलुङ उद्योग बाणिज्य संघका कावा अध्यक्ष युवराज राजभण्डारीले सबै व्यवसायीलाई करको दायरामा ल्याउने अभियानमा संघले सहयोग गर्ने बताए । उनले व्यवसाय धरासायी हुने तथा पेशाबाट हतोत्साही हुनेगरी कर संकलन नगर्न आग्रह पनि गरे ।
केही घटनामा प्रहरी र प्रशासन लगाएर छापामार शैली अपनाएको भन्दै त्यस्तो नगरी नबुझेका नागरिक र व्यवसायीलाइ बुझाएर आएको स्वयं कर घोषणा गर्ने र तिर्ने वातावण बनाउन आग्रह गरेका थिए ।
करदाता सेवा कार्यालयका प्रमुख तथा कर अधिकृत सूर्यप्रसाद चापागाइको अध्यक्षता, संघका महासचिव दयाराम पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा चापागाईले जिल्लाको करदाताको अवस्था र आगामी कार्यक्रमबारे जानकारी समेत गराएका थिए ।
कार्यक्रममा सिवाइसी सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्माले सहकारीहरु सबैलाइ करको दायरामा ल्याउन आग्रह गरेका थिए । साथै सहज रुपमा कर तिर्नेलाइ सास्ती र नतिर्नेलाइ मस्ती हुने वातावरण बनाउन नहुनेमा सचेत पनि गराए । कर दिवशलाइ सप्ताहव्यापी रुपमा मनाएर सबै क्षेत्रमा करको बारेमा बुझाउने उनले जानकारी दिए ।
नीजि विद्यालय, व्यवसायी र सरोकारवालालाइ चेतना र शिक्षा सम्बन्धी कार्यक्रम संचालन गर्ने, बजारमा माइकिङ गरेर सूचित गर्ने योजना पनि कार्यालयले बनाएको उनले बताए । उक्त अवसरमा उत्कृष्ठ काम गरेको भन्दै करदाता सेवा कार्यालयका कर्मचारी हरिशचन्द्र पौडेललाइ सम्मान पनि गरिएको थियो ।
त्यसअघि करदाता सेवा कार्यालयबाट जिल्लाका सबै कार्यालयका प्रतिनिधि, सहकारीकर्मी, नीजि विद्यालय संचालक, पत्रकार र व्यवसायी समेतको ¥यालीले कर सम्बन्धी व्यानर र प्लेकार्ड बोकेर बजार परिक्रमा गरेका थिए ।
कार्यालयले जिल्लाका सदरमुकामदेखि विभिन्न स्थानमा पुगेर करदाता शिक्षा कार्यक्रम संचालन गर्दै आएको समेत बताएको छ । यो दिवश पछि करदाता अझै बढ्ने विश्वास पनि गरिएको छ । यसअघि बागलुङमा कार्यालय नहुदा व्यवसायीले पोखरा पुगेर कर तिर्ने गर्थे ।