ईजरायल र साईप्रसका लागि नेपाली राजदुत डा: अन्जान शाक्यले साईप्रसमा रहेको विभिन्न मन्त्रालयमा भेटघाटलाई तिब्र दिनु भएको छ राजदुत शाक्यद्वारा साईप्रसमा रहेको घरेलु कामदार लगायत विभिन्न भिषामा आउने नेपालीहरुको बारेमा छिट्टै नै नेपाल सरकार र साईप्रस सरकार बिच श्रम सम्झौता हुने भएको छ । नेपालीहरु बिचमा भएको अनौपचारिक छलफलमा राजदुत शाक्यले उक्तकुरा बताउनु भएको थियो ।उक्त अनौपचारिक कार्यक्रममा एन आर एन ए साईप्रसका तर्फबाट अध्यक्ष कुन्दन कार्की र महासचिव राधा पोख्रेलले साईप्रसमा रहेको समस्याहरुको बारेमा ज्ञापनपत्र समेत राजदूत शाक्यलाई बुझाउनु भएको थियो।
नेपाली राजदुतावास ईजरायल एवमं अवैतानिक वाणिज्य दुतावास साईप्रसको आयोजनामा भएको बिहिबार संविधान दिवसको अवसर पारेर गरेको कार्यक्रममा रक्षामंत्री पेत्रिदेसक प्रमुख अतिथि हुनु हुन्थ्यो। ।
राजदुतावास ईजरायल एवम अवैतनिक वाणिज्य दुतावास साईप्रसले आयोजना भएको पारेर गरेको कार्यक्रममा रक्षा मन्त्री चारालाम्बस पेत्रिदेसले नेपाली समुदायहरुको बारेमा साइप्रस सरकार सदैव सुरक्षा गर्न तयार रहेको रक्षामंत्री चारालाम्बस पेत्रिदेस ले बताउनु भएको छ ।
उहाँले नेपाल र साईप्रस सरकार बीच आर्थिक, सामाजिक एवमं राजनैतिक हिसाबले राम्रो सम्बन्ध रहेको भन्दै सुरक्षाको विषयमा पनि नेपाल सरकार संग सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाउनु भयो ।त्यस्तै नेपाली समुदायहरुले साईप्रसमा रहेर गरिरहेको योगदानहरु उच्च रहेको भन्दै मन्त्रि मंत्री पेत्रिदेसले प्रशांसा समते गर्नुभएको थियो ।मन्त्री पेत्रिदेसले आफु नेपालमा शान्ति र सुरक्षाका बारेमा सहकार्य गरेर अगाडी बढ्न समेत तयार रहेको बताए ।
दुतावासका प्रवक्ता अर्जुन घिमिरेको संचालनमा भएको कार्यक्रममा विभिन्न देशका राजदुत, साईप्रसका व्यवसायी , नेपाली सघंसस्थाका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा राजदूत शाक्यले नेपाल भम्रण आउन र नेपालको भाषा कला संस्कृति बृत्त चित्र मार्फत जानकारी गराईएको थियो ।
प्रवक्ता घिमिरेका अनुसार समय छोटो भएकोले साईप्रसका रहेका नेपालीहरु संग प्रत्यक्ष रुपमा अन्तरक्रिया कार्यक्रम गर्न नसकेकोमा दुख व्यक्त गर्दै आगामी दिनमा दुतावासले छिट्टै छलफल गर्ने जानकारी दिनुभयो । उक्त कार्यक्रममा केहि समय अनौपचारिक कार्यक्रम समेत गरिएको र उक्त अनौपचारिक कार्यक्रममा सहभागीहरु नेपाल सरकारको मन्त्री परिषद राजदूतहरु फिर्ता गर्ने कार्यको भर्तसना समेत गर्नु भएको राजदूत शाक्यको पहलमा नै उच्च स्तरीय भ्रमण तत्कालीन समय पर्यटन मन्त्री माननीय योगेश भट्टाराई भ्रमण ,साईप्रस राष्ट्रपति र तत्कालिन समयमा नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली बिच साईप्रसमा रहेको नेपालीहरुको समस्या समाधानको टेलिफोन संवाद समेत गराएको यहाँहरुको समस्या समाधान हुने आसा पलाएको बेलामा राजदूत फिर्ताको गर्ने कुराले निरास तुल्याउने काम गरेको समेत गुनासो उपस्थित संघ संस्थाको प्रतिनिधि तथा अन्य नेपाली समुदाय गुनासो समेत रहेको थियो ।
कार्यक्रममा विगत दश बर्ष देखि साईप्रसमा अवैतनिक वाणिज्यदुत रहनु भई सेवाको कदर डा. रामजिवन पन्जियारलाई रक्षामंत्री चारालाम्बस पेत्रिदेसले दोसल्ला ओढाएर सम्मान समेत गर्नु भएको थियो ।