साईप्रस । गैरआवासी नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको महाधिवेशन र निर्वाचन तोकिएकै समयमा हुने भएको छ ।
आज परराष्ट्र मन्त्रालय अधिकारी र एनआरएनएका पदाधिकारीहरु बीच भएको छलफल पश्चात् यस्तो समझदारी भएको अध्यक्ष कुमार पन्तले जानकारी दिएका छन् ।
अध्यक्ष कुमार पन्तले दिएको जानकारी :
“गैरआवासीय नेपाली संघको आसन्न महाधिवेशनका सन्दर्भमा परराष्ट्र मन्त्रालयका अधिकारीहरुसँग छलफल भएको छ । तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्न मन्त्रालयको सहयोग रहने कुराले हर्षित छौँ। विवाद र अस्पष्टता भएका ठाउँमा एनआरएनएले नै आपसी समझदारीबाट निकास निकाल्नेछ । धन्यवाद ।”