हिमालापारीको जिल्ला मुस्ताङमा नेपाल कम्युनिष्ट पार्टी एमालेले भव्य सभा गरेको छ । जिल्लाका पाँच वटै गाउँपालिकाहरुबाट एमाले कार्यकताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
नेकपा एमाले पोलिटब्यूरो सदस्य श्रीमायाँ थकालिको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा श्रीमायाा थकालीले कही कतैबाट पदका भोका केही व्यक्तिहरु अन्यत्र गएको भए पनि उनीहरु बिस्तारै मुलधारमा आउनै पर्ने बताएकी थिइन् । माओवादी सँग पार्टी एकता पछि सुस्ताएको पार्टी गतिबिधि अब पुनः एमालेले द्रुत गतिमा अगाडी बढाउन पर्ने थकालिको भनाई थियो । थकालिले भनिन् मुस्ताङमात्रै नभएर देशैभर पार्टी यस्तै गरि सक्रिय हुनु पर्छ ।
कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सचिव एवम् पूर्व खेलकुद मन्त्री जगत विश्वकर्माले पार्टीले सबैलाई समेटेर अगाडी बढेको बताउँदै आफ्नो जिम्मेवारी र भूमिकाका लागि सबैले प्रयास गर्नु पर्ने बताए । उनले भने आगामी दिनमा पनि पार्टीलाई पहिलो शक्ति बनाउनका लागि सबैको महत्वपूर्ण भूमिका हुने बताएका थिए । बिश्वकर्माले आगामी निर्वाचनलाई केन्द्रमा राखेर सबै नेता कार्यकर्ताहरु गाउँ टोल सम्म पुगेर पार्टीको संगठनलाई चुस्त बनाउन पर्ने बताए ।
नेकपा एमाले मुस्ताङका अध्यक्ष चन्द्रमोहन गौचनको अध्यक्षता एवम् आसबहादुर थकालीको सञ्चालनमा भएको कार्यक्रममा गण्डकी प्रदेश कमिटि सदस्य प्रेम तुलाचन, कृष्ण गौचन, प्रदेश सभा सांसद इन्द्रधारा विष्ट, लो–घेकर दामोदर कुण्ड गाउँपालिका अध्यक्ष राजु विष्ट, अनेम संघकी सर्मिला गुरुङ, युवा संघ केन्द्रीय सदस्य सम्राट गौचन लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा अन्य पार्टीहरु परित्याग गरी एमालेमा प्रवेश गर्नेहरुलाई स्वागत गरिएको थियो ।