साईप्रस
गुल्मी सेवा समाज साईप्रसको अध्यक्ष श्यामलाल नेपालीको अध्यक्षतामा हिन्दुहरु महिलाहरु महान चाड हरितालिका तिजको शुभकामना आादानप्रदान कार्यक्रम सम्पन्न भएको छ, उक्त कार्यक्रमका प्रमुख अथिति गैर आवासिय नेपाली संघ साईप्रसका अध्यक्ष कुन्दन कार्की हुनुहुन्थ्यो।यसैगरी विशेष अथितिमा नेपाली जनसम्पर्क समिति साईप्रसका सभापति सिता आर्याल, प्रवासी नेपाली मञ्च साइप्रसका अध्यक्ष लोकराज मगर ,सुदुरपश्चिम समाज साईप्रसको अध्यक्ष डम्मर बहादुर खड्का , किरात याक्थुङ चुलुङ साईप्रस रेशमा लिम्बु,शेर्पा किदुङ साइप्रस, निमढिकी शेर्पा लगाएत अन्य संघ संस्थाहरुको अध्यक्ष तथा प्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो।
उक्त कार्यक्रममा गुल्मी सेवा समाज साईप्रस संरक्षक धातानन्द पाण्डेले गुल्मेलीहरुलाई एकिकृत गर्ने उदेश्यका साथ गठन गरिएको र उक्त अवसर सदुपयोग गर्दै यस्तै विभिन्न रचनात्मक कार्यक्रम गरिदै जाने समेत जानकारी दिनु भएको थियो,
साथमा केहि दिन अघि मोटर साइकल दुर्घटना परि मुत्यु हुनु भएको कपिलवस्तुका तुलसी भुसालको समाजले दुख ब्यक्त गरेको छ।उक्त शव व्यवस्थापन लागि सबैलाई सहकार्य गरि दिन अनुरोध समेत गर्नु भएको थियो
उक्त कार्यक्रम प्रमुख अतिथि एन आर एन ए अध्यक्ष कार्कीले सम्पुर्ण संघ संस्था सँग सहकार्य गरि जाने प्रतिबध्दता जनाउनु भएको थियो, उक्त कार्यक्रमका अन्य अतिथिहरु पनि शुभकामना दिन भएको थियो,
उक्त कार्यक्रम समापन गर्दै अध्यक्ष श्यामलाल नेपाली ले उक्त मृतक भाईको शव व्यस्थापनको लागि नेपाली रुपियाँ रु ५०००(अक्षेरपी रु पाँच हजार ) सहयोग गर्ने प्रतिबध्दता जनाउदै अन्य संघ संस्था सबैलाई सहकार्य गर्न लागि अनुरोध समेत गर्नु भएको थियो,
उक्त कार्यक्रम स्वागत मन्तव्य तिज गित मार्फत गुल्मी सेवा सामाज साईप्रस सास्कृतिक विभाग प्रमुख नमु परिवार र कार्यक्रम सञ्चालन महिला संयोजक सरिता सेन ठकुरीले गर्नु भएको थियो