साईप्रस/ नेकपा एमाले निकट प्रवास कमिटी महिला विभाग प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी महिला विभाग प्रमुख कुन्ती थापाको अध्यक्षतामा र नेकपा एमालेका केन्द्रिय सदस्य तथा
अखिल नेपाल महिला संघ केन्द्रिय अध्यक्ष पुर्व मन्त्री माननीय थममाया थापाको प्रमुख अतिथ्यतामा र अतिथिहरु प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी अध्यक्ष भक्त गुरुङ र सचिव रमेश पाण्डे प्रवासी नेपाली मञ्च अन्तरराष्ट्रिय कमिटीका सचिवालय सदस्य प्रभु थापा ,अमेरिका चनाक पोख्रेल कतार र डा.विमला भण्डारी,रसिया, साथै अन्तराष्ट्रिय सदस्यहरु हेम शेर्पा स्पेन,तिर्थ गौतम ईजरायल ,कर्ण शाही युके ,श्रृजना नेपाली दक्षिण एसिया, जुम भर्चुल माध्यमबाट तिज बिशेष शुभकामना आदान प्रदान तथा प्रशिक्षण भएको छ,
उक्त भु्र्चुल तिज बिशेष कार्यक्रमलाई नेकपा केन्द्रिय सदस्य तथा अखिल नेपाल महिला संघ केन्द्रिय अध्यक्ष थममाया थापाले शुभकामना तथा प्रशिक्षण दिनु भएको थियो , भने प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी अध्यक्ष भक्त गुरुङ ,सचिव रमेश पाण्डे लगाएत अन्य अन्तराष्ट्रिय कमिटी सदस्यहरुले तिजको शुभकामना मन्तव्य राख्नु भएको थियो
प्रमुख अतिथि थापा द्दारा संसार भरिबाट जोडिएको महिला दिदीबहिनीहरुलाई कार्यक्रममा शुभकामना दिदै तीज पर्बको महत्व, मुलुकको अहिलेको राजनैतिक परिबेश र संगठनले खेल्नु पर्ने भूमिकाको बारेमा स्पष्ट पार्नु भएको थियो ।
अर्का अतिथी अतिथि प्रबासी नेपाली मंच अन्तर्राष्ट्रीय कमिटीका अध्यक्ष भक्त गुरुङले सम्पुर्ण दिदीबहिनीहरूलाई तीजको शुभकामना सहित तीजको बारेमा दिदिबहिनीहरुलाई शुभकामना मन्तब्य दिनु भएको थियो ।
यस्तै युरोप इन्चार्ज भक्त वाग्ले , युरोप अध्यक्ष गोबिन्द पौडेल र राष्ट्रिय कार्यसमिति अध्यक्षहरु बोधराज पौडेल बेल्जियम, सुरेस केसी जापान लगाएतका अतिथिहरु रहेको कार्यक्रममा शान्ती आर्याल कबिता कमला थापा , श्रीजना लामा , बिन्दु त्रिपाठीको गीतले कार्यक्रमलाई रोमान्चक बनाएको थियो । उक्त कार्यक्रमको स्वागत मन्तव्य प्रवासी नेपाली मञ्च अन्तरराष्ट्रिय कमिटी सचिवालय सदस्य डा. विमला भण्डारीले गर्नु भएको सञ्चालन प्रवासी नेपाली मञ्च युरोप सदस्य सरु चापागाईले गर्नु भएको प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सचिवालय सदस्य डा. विमला भण्डारीले ईरुप्सेलाई जानकारी दिनु भएको थियो