साईप्रस
प्रवासी नेपाली मञ्च अन्तरराष्ट्रिय कमिटी सचिवालय सदस्य पुर्बी एशिया ईन्चार्ज तथा प्रकाशन विभाग प्रमुख भक्त गुरुङ (हङकङ) को नेतृत्वमा पार्टी केन्द्रीय कार्यालय काढ़मांडुमा नेकपा एमाले महासचिव ईश्वर पोख्रेल संग भेटवार्ता गरेको छन्।
उक्त भेटको क्रममा प्रतिनिधि मण्डलको नेतृत्व भक्त गुरुङले गर्नु भएको थियो प्रतिनिधिमण्डलले सामुहिक रुपमा सो अवसरमा प्रवास रहेर पनि सामाजिक संगै राजनीतिक उदेश्य भाव राखेको र नेकपा एमाले प्रति आस्थावान् प्रवासीहरुको सदस्यता नविकरण र वितरण ,विधान संशोधन, सांगठनिक संरचना, प्रतिनिधि परिषद, बिधान महाधिवेशन , राष्ट्रीय महाधिवेशन प्रतिनिधि व्यवस्था, प्रवास कमिटीको विधान,मुखपत्र, अक्सिजन प्लाण्ट, तथा स्मारिका, साथै प्रवासका विभिन्न मुलूकहरूमा देखिएका सांगठनिक तथा प्रकट भएका बिचारहरूको बिषयमा उक्त टोलीद्दारा नेकपा एमाले महासचिव ईश्वर पोख्रेललाई जानकारी गएका प्रतिनिधिमण्डल नेतृत्व गरि जानु भएका भक्त गुरुङले ईरुपसे सँगको कुरामा भन्नु भएको छ,
महासचिवले उक्त प्रतिनिधिमण्डल सँग प्रवास कमिटीको खुलेरै प्रशंसा गर्नु भएको थियो,ईतिहासमा नै पहिलो पटक प्रवास कमिटीले अध्यक्षमा भक्त गुरुङ युके र सचिव रमेश पाण्डे अष्ट्रेलिया रहेको कमिटी विस्तार गर्दै १५ सदस्य कमिटी विभागीय अन्य विभागीय जिम्मावारी दिने कार्य गरेकोमा अध्यक्ष भक्त गुरुङ युकेलाई पनि विशेष आभार प्रकट गर्नु भएको थियो भने कमिटीगत मान्यता पाएकोले यसमा कुनै प्रकारको दुबिधा नराखि काम गर्न र प्रवासमा देखिएका समस्या र प्रकट भएका असंतुष्टिलाई समाधान र संबोधन गर्नका लागि कुनै प्रकारको भेदभाव नगरि आपसी संबाद,परामर्स र सहकार्यको आधारमा आगाडी बढ्दै प्रबासमा रहेका नेपालीहरूलाई भाबनात्मक र संगठनात्मकरूमा एकताबद्ध गर्दै मंचको कार्यक्रम तथा कार्ययोजना सबल र सफल पार्नका लागि योजनाबद्ध रूपमा लाग्न र प्रवासी नेपाली मञ्च प्रवासमा रहेको नेपालीहरुको अभिभावक भुमिका निर्वाह गर्न समेत महासचिव पोख्रेलद्दारा निर्देशन दिदै प्रवासी कमिटीको रचनात्मक सबै कार्यहरुमा सदैब मेरो साथ सहयोग रहने छ भन्ने कुराको समेत महासचिव पोख्रेलले आश्वासन दिनुभएको थियो।
उक्त भेटमा प्रतिनिधिमण्डल सदस्य तथा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कार्यसमिति सचिवालय सदस्य तथा महिला सशक्तिकरण अभियान प्रमुख डा. विमला भण्डारीले प्रवासमा रहेको महिलाहरु समस्या चुनौती र प्रवासमा महिलाको भुमिकाको बारेमा महासचिव पोख्रेललाई अवगत गराउनु भएको थियो,उक्त प्रतिनिधिमण्डलमा सदस्यहरु कुन्ती थापा, अमेरिका र प्रवासको लागि केन्द्रीय कार्यलय विभाग शुन्दर खतिवडा,युके समेत उपस्थिति रहेको थियो, प्रतिनिधिमण्डल नेतृत्व गर्नु भएको गुरुङले भन्नु भो अब प्रवास कमिटीलाई पार्टीले दिएको जिम्मावारीहरुलाई रचनात्मक तरिकाले प्रतिबध्द भएर सफल बनाईनेछ र यस बिषयमा प्रवास कमिटी अध्यक्ष भक्त गुरुङ युके सचिव रमेश पाण्डे अष्टेलियालाई पनि जानकारी गराईएको समेत बताउनु भयो|