म्याग्दी प्रवासी नेपाली संघ (मोना)साइप्रसले हरितालिका तिज बिशेष कार्यक्रम आईतबार साईप्रसको राजधानी निकोसियामा म्याग्देली चेलीहरु लगाएत अन्य नेपाली चेलीहरु सँग दर खाने कार्यक्रम गरि मनाएको छ,
आफ्नो स्थापना काल देखि विपत् तथा अन्य कार्यक्रमहरुमा रचनात्मक भुमिका निर्वाह गर्ने क्रममा आज म्याग्दी प्रवासी नेपाली संघ(मोना) दिदिबहिनीहरुलाई दर खुवाउने कार्यक्रम गरिएको संस्थाका महासचिव तेजेन्द्रले बताउनु भएको छु
त्यस्तै गरि संस्थामा आबध्द दिदिबहिनीहरुको साथमा अन्य म्याग्दी जिल्ला बाहेक अन्य प्रवास भुमि साइप्रसलाई कर्मथलो बनाई आउनु भएको दिदिबहिनीहरुको समेत उपस्थिति रहेको थियो,
हरितालिका तिजको बिहिबार दिन भएता पनि साइप्रसको सरकारी नियम अनुसार आईतबार सार्वजनिक विदाको दिन पारेर मनाईएको छ, संस्थाको अध्यक्ष लोकराज रोका मगरले बताउनु भएको थियो।