साईप्रस
प्रवासी नेपाली मञ्च सन २०१२ डा. भिम रावल केन्द्रिय उपाध्यक्ष तथा प्रवास ईन्चार्ज हुदाँ देखि निरन्तरण आवाज उठाउदै आएको र हाल आएर प्रवासी नेपाली मञ्च नाममा एक रुपता आइ प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी गठन लगाएत माग अहिले आएर केहि हद सम्बोधन भएको र अझै मागलाई सशक्त बनाउनको लागि प्रतिनिधि मण्डलले संगठन विभाग प्रमुखलाई उक्त कुरा समेत अवगत गराएको प्रवासी नेपाली मञ्च अन्तरराष्ट्रिय कमिटी सचिवालय सदस्य पुर्बी एशिया ईन्चार्ज तथा प्रकाशन विभाग प्रमुख भक्त गुरुङ (हङकङ) ले बताउनु भएको थियो,
हिजो नाममा एकता रुपता ल्याउनको लागि २०१२ देखि हङकङमा मेलै धेरै पटक माग राख्दै आएकोमा प्रवासी नेपाली मञ्च संगठनमा एक रुपता आएको र प्रवास नेतृत्व प्रवासले पाउने केहि माग पुरा भएको र अझै सम्म पुर्णता नपाएको मागलाई सशक्त बनाउदै लैजाने क्रममा को नेतृत्वमा पार्टी केन्द्रीय कार्यालय काढ़मांडुमा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख भेटवार्ता गरेको छ ।
उक्त भेटको क्रममा प्रतिनिधि मण्डलको नेतृत्व भक्त गुरुङले गर्नु भएको थियो प्रतिनिधिमण्डलले सामुहिक रुपमा सो अवसरमा प्रवास रहेर पनि सामाजिक संगै राजनीतिक उदेश्य भाव राखेको र नेकपा एमाले प्रति आस्थावान् प्रवासीहरुको सदस्यता नविकरण र वितरण ,विधान संशोधन, सांगठनिक संरचना, प्रतिनिधि परिषद, बिधान महाधिवेशन , राष्ट्रीय महाधिवेशन प्रतिनिधि व्यवस्था, प्रवास कमिटीको विधान,मुखपत्र, अक्सिजन प्लाण्ट, तथा स्मारिका, साथै प्रवासका विभिन्न मुलूकहरूमा देखिएका सांगठनिक तथा प्रकट भएका बिचारहरूको बिषयमा उक्त टोलीद्दारा नेकपा एमाले केन्द्रिय सदस्य ,संगठन विभाग प्रमुख तथा माननीय पुर्व अर्थमन्त्री बिष्णु पौडेललाई जानकारी गएका प्रतिनिधिमण्डल नेतृत्व गरि जानु भएका भक्त गुरुङले ईरुपसे सँगको कुरामा भन्नु भएको छ, गुरुङले भन्नु भो प्रवासमा रहेरको नेपालीहरुको समस्यालाई पार्टीले अगामी दिनमा चाल्नु पर्ने कदमको बारेमा पनि राखिएको र सो सम्बन्धमा ती सवालहरूलाई संगठन विभाग प्रमुखले उक्त समसामयिक समस्यालाई हल गर्न बिशेष महत्वको साथ लिनु भएको र प्रवासमा रहेरको नेपालीहरु प्रति कुनै पनि भेदभाव हुने खालको निति पार्टी नअपनाएको र यो बिषयमा पार्टीको प्रवास कमिटी र प्रवासमा नेपालीहरुको विषयमा बैठकमा उठाउने प्रतिबध्दता संगठन विभाग प्रमुखले दिनु भएको सचिवालय सदस्य,पुर्बी एशिया इंचार्ज तथा प्रकाशन विभाग प्रमुख भक्त गुरुङले जानकारी दिनु भएको छ ।
उक्त भेटको प्रतिनिधिमण्डलहरुमा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीको सचिवालय सदस्य डा.विमला भण्डारी रसिया,सदस्य कुन्ती थापा र केन्द्रीय कार्यलय विभाग प्रमुखः शुन्दर खतिवडा, बेलायत समेत उपस्थिति रहेको थियो।