बागलुङ, १ मंसिर – नेपाल बैंक लिमिटेड बुर्तिबाङ शाखाले गत आर्थिक बर्षमा १ करोड १८ लाख नाफा गरेको छ ।
बैंकले ग्राहकको चाहना अनुसारका सेवा विस्तार गरि सरल तथा गुणस्तरिय सेवा दिएका कारण ग्राहकसँगै कारोबार बढेपछि नाफा धेरै भएको शाखा प्रवन्धक सुरज घिमिरेले जानकारी दिए । नेपाल बैंक लिमिटेड ८० औँ बर्ष प्रवेश गरेको अवसरमा गरिएको विशेष कार्यक्रममा घिमिरेले बुर्तिबाङ शाखा अहिले नाफामा रहेको जानकारी दिए ।
आर्थिक बर्ष २०७०/७१ मा ४८ लाख घाटा व्यहोरेको बैंकले ७१/७२ मा १८ लाख नाफा गरेको थियो । आर्थिक बर्ष ७१/७२ को तुलनमा गत आर्थिक बर्षमा १ करोड नाफा भएको प्रबन्धक घिमिरेले बताए । सशस्त्र द्वन्द्वको समयमा असुरक्षाका कारण विस्थिापित भएको बुर्तिबाङ शाखाले अहिले सम्मकै धेरै नाफा गरेको हो ।
बैंकले बागलुङको निर्वाचन क्षेत्र नम्बर–३ का साना तथा मझौला व्यवसायीलाई ३२ करोड ८४ लाख कर्जा प्रवाह गरेको छ । निक्षेप १० करोड ६० लाख रहेको छ । ‘हामीले राष्ट्र बैंकको नीती अनुसार कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर कर्जा प्रवाह गरेका छौँ’ प्रबन्धक घिमिरेले भने, ‘कृषि पेशालाई व्यवसायिकरण गर्नुपर्छ भनेर निसी र बोबाङ जस्ता दुर्गम ठाउँमा समेत लगानी गरिएको छ ।’
पछिल्लोपटक सुरु भएको कृषि कर्जा अन्र्तगत बैंकले २० लाखभन्दा धेरै लगानी भएको जनाएको छ । नेपाल बैंकले बुर्तिबाङमा सञ्चालित सरकारी कार्यालय तथा उद्योगि व्यवासायीको माग अनुसार राजस्वको रकम पनि लिईरहेको छ । ‘नेपाल बैंक सुनचाँदी धितो राखेर कर्जा प्रवाह गर्ने बुर्तिबाङको एक मात्र बैंक हो’ घिमिरेले भने, ‘बैंकमा खाता खोलेर निजामती कर्मचारी, शिक्षक तथा सेना प्रहरी सबैले आफ्नोे पेनसन सजिलै लिन सक्छन् ।’ कार्यक्रममा बुर्तिबाङ नगरविकास समितिका पुर्वअध्यक्ष तुलसीराम अर्याल, नेपाली काँग्रेसका शालिकराम शर्मा, नेकपा एमालेका टंक पौडेल, नेकपा माओवादी केन्द्रका चन्द्र अर्याल, बागलुङ उद्योग बाणिज्य संघ बुर्तिबाङ इकाईका अध्यक्ष चिन्तमाणी शर्मा, रेडियो बुर्तिबाङका ईश्वरीप्रसाद पौडेल, सामुदायिक रेडियो परिवर्तनका स्टेशन म्यानेजर राम सुवेदी, निसीभुजी जनता क्याम्पसका क्याम्पस प्रमुख कृष्णकान्त आचार्य, देविस्थान माविका प्रधानाध्यपक किरण पौडेल र बुर्तिबाङ आयुर्वेद औषधालयका प्रमुख हरिलाल पाध्यले आ–आफ्नै धारणा राखे । कार्यक्रम शाखा प्रवन्धक सुरज घिमिरेको अध्यक्षता, गाविन्द थापाको स्वागत मन्तव्य र रमेश पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । बैंकले बार्षिकोत्वको अवसरमा उत्तरगंगा मावि बुर्तिबाङका अपाङ्गता भएका विद्यार्थीलाई सामग्री प्रदान गरेको छ ।