साईप्रस/ नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च पुर्वीय एसिया महादेशीय ईन्चार्ज भक्त गुरुङको अध्यक्षता र नेकपा एमालेका केन्द्रिय सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टाराईको प्रमुख अतिथ्यतामा विशिष्ट अतिथि प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी अध्यक्ष भक्त गुरुङ र सचिव रमेश पाण्डे अतिथिहरु प्रवासी नेपाली मञ्च अन्तरराष्ट्रिय कमिटीका सचिवालय सदस्य प्रभु थापा ,अमेरिका र डा.विमला भण्डारी,रसिया,
साथै अन्तराष्ट्रिय सदस्यहरु हेम शेर्पा स्पेन,तिर्थ गौतम,ईजरायलर शिव बरुवाल बेल्जियम बैठक जुम भर्चुल माध्यमबाट भएको थियो।
उक्त भु्र्चुल बैठकलाई नेकपा केन्द्रिय तथा प्रवास डा.राजन भट्टाराईले प्रशिक्षण दिनु भएको थियो , भने प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी अध्यक्ष भक्त गुरुङ ,सचिव रमेश पाण्डे लगाएत अन्य अन्तराष्ट्रिय कमिटी सदस्यहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो
बैठकबाट प्रवासी नेपाली मञ्च पुर्वीय एसिया कमिटीका अध्यक्षमा डा.सरोज कडेंल जापान मनोनीत हुनु भएको छ भने सदस्यहरुमा दलहाङ नेङमाङ,(हङकङ),अन्जान कुलुङ राई(दक्षिण कोरिया)दयाराम कुमाल(मलोसिया) रहेका कमिटी गठन भएको अन्तराष्ट्रिय कमिटीका सचिवालय सदस्य, पुर्वीय एसिया महादेशीय ईन्चार्ज तथा प्रकाशन प्रमुख भक्त गरुङ ले ईरुपशे लाई जानकारी दिनु भएको छ, गरुङले भन्नु अहिलेलाई ४ सदस्य कमिटी गठन गरिएको र अरु पछि थप गर्ने गरि कमिटी विस्तार गरिने जानकारी दिनु भएको छ,
प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी सचिवालय सदस्य, पुर्वीय एसिया महादेशीय ईन्चार्ज तथा प्रकाशन विभाग प्रमुख भक्त गुरुङको अध्यक्षता र अन्तराष्ट्रिय कमिटी सदस्य तथा उद्यमी तथा व्यावसायिक विभाग प्रमुख सिर्जना नेपालीले उक्त कार्यक्रमको सञ्चालन गर्नु भएको थियो