गैरआवासीय नेपाली संघ(एनारएनए)का पुर्ब युरोप संयोजक शिवकुमार बरुवालले एन.आर.एन.ए. आगामी कार्यकाल (सन २०२१–२०२३) को लागि एन आर एन ए अन्तर्राष्ट्रिय कमिटीको उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बरुवालले आगामी अक्टोबर २३–२५ मा काठमाडौंमा हुन गैरहेको एन.आर.एन.ए. आइसिसिको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि उम्मेदवारी दिने भएका हुन् ।
नेपालको म्याग्दी जिल्लामा जन्मेका बरुवाल विगत १९ वर्षदेखि बेल्जियममा बस्दै आइरहेका छन् । बरुवालले एन आर एन ए बेल्जियमको सन २००५मा स्थापनाकालको संस्थापक सचिवालय सदस्य, महासचिव, आइसीसी सदस्य हुँदै युरोप संयोजकको रूपमा काम गरि सकेकाछन । एनआरएनलाई संस्थागत गर्न र संस्थालाई पारदर्शि तरिकाले विधि बिधान र पद्धति अनुरुप चलाउदै राष्ट्रमा पूंजी र प्रबिधि भित्राएर सुखी नेपाली समृद्ध नेपाल निर्माणको अभियानमा हातेमालो गर्न आफुले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बरुवालको भनाई छ ।
‘मैले एनआरएनए जुनसुकै जिम्मेवारी प्राप्त गरेपनि संस्थाको बिधानले निर्देशित गरेअनुसार राम्रोसँग पूरा गरेको छु जस्तो मलाइ लागेको छ । आगामी दिनमा पनि एनआरएनए अग्रजहरुले सुरु गरेको यस अभियानमा लक्ष्य प्राप्त नगरेसम्म निरन्तर लागिरहने छु । यसपटक धेरै साथीहरूसँगको सरसल्लाह र सुझाब अनुसार उपाध्यक्ष पदमा उम्मेदबारी दिने निर्णय गरेको छु’, बरुवालले भने
बरुवाल एन आर एन ए स्थापना काल देखि अभियानमा सक्रिय एन आर एन ए अभियानलाई अझ समृद्ध र सुदृढ गरी सबै गैरआवासीय नेपाली हरुको अपनत्व हुने गरि नीति तथा कार्ययोजना अगाडि बढाउन र नेपालको समृद्धिमा एन आर एन ए लाई अझ बलियो पार्ट्नरको रुपमा स्थापित गर्न र एक पटक को नेपाली सधै को नेपाली भन्ने एन आर एन ए को मुल मर्म लाई सार्थक बनाउने आफ्नो लक्ष्य रहेको उनले बताएका छन् । बरुवालले एन आर एन ए मा कस्तो खालको नेतृत्व चाहिन्छ भन्ने बिषयमा यहाँहरु प्रष्ट हुनु हुन्छ त्यसैले मैले यस बिषयमा धेरै कुरा लेखिन कुनै पनि जिम्मेवारी प्राप्त गरे पछि मैले यो जिम्मेवारी के कसरी निभाउन सक्छु भन्ने कुरा मैले युरोप संयोजक भएर काम गर्दा यहाँ हरु ले बुझ्नु भएको नै छ त्यसैले यस बिषयमा पनि मैले धेरै लेखिन बरुवाल भन्नु हुन्छ, म कुरा मा भन्दा पनि काम मा बढी बिश्वास गर्दछु । म पद पाउनु भन्दा पनि पहिचान बनाउनमा ध्यान दिन्छु त्यसैले मैले मेरो पहिचान स्वार्थी , अपारदर्शी र अवसरवादी र असक्षम बनाउन चहान्न । तपाईंहरुले उपाध्यक्ष पदमा जिम्मेवारी दिनु भयो भने तपाई हरु कुनै गुनासो नहुने गरि इमानदारी साथ यो जिम्मेवारी निभाउने छु र २ बर्ष पछि मेरो कार्य सम्पादन को मुल्यांकन यहाँ हरुलाइ गर्न लगाएर यहाँ हरुको मुल्यांकनमा म पास भए भने मात्र अर्को पद मा जाने मेरो नैतिक हैसियत हुने छु भन्नेमा म पुर्ण बिश्वस्त हुँदै पुन: यहाँहरु लाई साथ सहयोगको लागि अनुरोध गर्दछु । सामाजिक सञ्जाल मार्फत आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ,
बरुवाल बेल्जियममा नेपाली सामाग्रीहरुको प्रर्वद्धन गर्दै ब्यवसायिक रुपमा नेपाली सामाग्रीहरुको डिपार्टमेन्टल स्टोर, रेस्टुरेन्ट र एशियन सामाग्रीको होलसेल स्टोर सञ्चालन गरी कुशल व्यवसायीको परिचय दिइरहेका छन् ,हाल बेल्जियमका ब्याबसायीहरुलाई एकीकृत गरि सामुहिक रुपमा नेपालमा जलविद्युत र कृषि र पर्यटन क्षेत्रमा लगानी भित्र्याउने काम पनि गरिरहेका छन् । एनआरएनका उद्देश्य अनुरुपका सबै कार्यमा आफ्नो जिम्माको काम सदैब लगनशीलताका साथ सम्पन्न गरेकोले विश्वभरिका एनआरएनहरुले आफुलाई अनुमोदन गरेमा आगामी दिनहरुमा सल्लाह सुझाव अनुसार अगाडि बढ्ने समेत जनाउनु भएको छ।
म्याग्दीका बरुवालद्वारा एन.आर.एन.ए.को उपाध्यक्षमा उम्मेदवारीको घोषणा
Previous Articleमंगला गाउँपालिकामा मजदुरको पालिका कमिटी गठन
Next Article रुप्से दैनिक ! ०९ भाद्र २०७८