मंगला गाउँपालिकामा मजदुरको पालिका कमिटी गठनपश्चिम म्याग्दीको मंगला गाउँपालिकामा भएको मजदुरहरुको भेलाले जितबहादुर नेपालीको अध्यक्षतामा १३ सदस्यीय क्युपेक नेपाल मंगला गाउँ कमिटी गठन गरेको छ ।
कमिटीको उपाध्यक्षमा टिका बुढा, सचिवमा रबिन के.सी, कोषाध्यक्षमा भविलाल कामी, सह–सचिवमा मेघबहादुर घर्ती रहेका छन् । त्यस्तै सदस्यहरुमा लेकबहादुर खत्री, भक्तबहादुर कार्की, यामबहादुर सिर्पाली, खिमबहादुर हमाल, यामबहादुर विक, पूर्णबहादुर किसान, शोभा विक र देविसरा सुनार रहेका छन् ।
मजदुर भेलालाई सम्बोधन गर्दै मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले मजदुर पञ्जीकरण तथा मजदुरको दुर्घटना बिमा गर्नका लागि गाउँपालिकाले आवश्यक पहल गर्ने बताए । उनले विगतमा पनि मजदुरको पक्षमा काम गरिएको र आगामी दिनमा पनि दुर्घटना बिमा तथा मजदुरको सेवा सुविधाहरुलाई समयसापेक्ष एवं राज्यले तोकेअनुरुप बढाउँदै लैजाने बताएका छन् । देशको विकास र निर्माणमा मजदुरहरुले महत्वपूर्ण योगदान पु¥याएको भन्दै निर्माण क्षेत्रमा क्रियाशील मजदुरको सम्मान हुनुपर्नेमा अध्यक्ष रोकाको भनाइ छ ।
क्युपेक नेपाल म्याग्दीका अध्यक्ष महेश राईको अध्यक्षतामा सम्पन्न भेलामा मंगला गाउँपालिका–२, बाबियाचौरका वडा अध्यक्ष धनबहादुर खाती, क्युपेक नेपालका केन्द्रीय सदस्य बलादेवी राई, नवनिर्वाचित अध्यक्ष जितबहादुर नेपाली लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम क्युपेक नेपाल म्याग्दीका महिला कमिटी सचिव एवं क्युपेक नेपाल राष्ट्रिय युवा किमिटी उपाध्यक्ष पुजा छन्त्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।