काठमाडौं । विद्रोहमा माधव नेपाललाई साथ नदिएका नेताहरूसँग भएको सहमति अनुसार एमालेलाई २०७५ जेठ २ मा फर्काउन ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा स्थायी कमिटीको बैठक शुरु भएको छ ।
वागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई बधाई दिँदै बैठक शुरू भएको छ । माधव नेपाल कित्तामा रहेकी शाक्यले एमाले एकता जोगाउन भन्दै १० बुँदे सहमति कार्यान्वयनलाई जोड दिँदै संस्थापन पक्षलाई साथ दिएकी थिइन् ।
सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा विभाजनतर्फ नलागेको नेताहरूसहितको बैठकमा १० बुँदे कार्यान्वयन गर्दै पार्टी संगठनलाई जेठ २ मा फर्काउने सहमति भएको थियो । १० बुँदे कार्यान्वयनको समय तालिका र मोडालिटी बनाउने एजेण्डा बैठकका छन् ।