साईप्रस/ नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कार्यसमितिको अध्यक्ष भक्त गुरुङको अध्यक्षता र नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलको प्रमुख अतिथ्यतामा सम्पन्न छैठौं पुर्ण बैठकबाट प्रवासी नेपाली मञ्च अन्तरराष्ट्रिय कमिटीको संगठनमा विभिन्न महत्त्वपूर्ण पदमा जिम्मेवारी दिदै पुर्णता दिईएको छ ।
प्रवासको जिम्मा प्रवासले नै पाउनु पर्ने निति पार्टीको केन्द्रिय निर्देशन अनुसार कमिटिलाई पुर्णता दिईएको अध्यक्ष भक्त गुरुङले बताउनु भएको छ । अध्यक्ष गुरुङले अन्य बाटो बिराएर गएकाहरुलाई पनि मुल घरमा फर्किन र फर्किएर आएमा उचित जिम्मेवारी दिईने समेत बताउनु भयो । साथै लामो समयसम्म पार्टी नेतृत्वमा रहनु भएको अग्रजहरु सम्मिलित विभिन्न विभाग पनि गठन गरिएको सचिव रमेश पाण्डेले जानकारी दिनु भएको छ ।
बैठकले सल्लाहकार परिषद प्रमुखः सञ्जय थापा(अमेरिका), अनुशासन विभाग प्रमुखः मुक्त गुरुङ (स्पेन), केन्द्रीय कार्यलय विभाग प्रमुखः शुन्दर खतिवडा, (बेलायत) रहेका छन् ।
प्रवासी नेपाली मञ्च,अन्तर्राष्ट्रिय कमिटी कार्यविभाजन यस प्रकारको रहेकोछ,
१.अध्यक्षः भक्त गुरुङ, युके
२.सचिवःरमेश पाण्डे, अष्ट्रेलिया (संगठन विभाग प्रमुख)
३.सदस्यःभक्त गुरुङ, हङकङ (प्रकासन विभाग प्रमुख र पुर्वी एशिया ईन्चार्ज)
४.सदस्यः प्रभु थापा,अमेरिका (प्रचारप्रसार विभाग प्रमुख र अमेरिका महादेश ईन्चार्ज)
५.सदस्यः चानक पोख्रेल,कतार (आर्थिक विभाग प्रमुख र खाडी क्षेत्र ईन्चार्ज)
६.सदस्यःडा.विमला भण्डारी,रुस(महिला सशक्तिकरण अभियान प्रमुख)
७.सदस्यःभक्तबहादुर वाग्ले–क्षेत्री, फ्रान्स (युरोप ईन्चार्ज)
८.सदस्यःहेम शेर्पा, स्पेन (सामुदायिक समावेशीकरण तथा सवलीकरण अभियान विभाग प्रमुख)
९.सदस्यः रमेश थापा, क्यानडा (परोपकार तथा परियोजना व्यवस्थापन विभाग प्रमुख)
१०.सदस्यः सृजना नेपाली, दक्षिण कोरिया (उद्यमी तथा व्यवसायी विभाग प्रमुख)
११.सदस्यःतिर्थ गौतम, इजराइल (श्रम तथा रोजगार विभाग प्रमुख)
१२.सदस्यः डा विनोद श्रेष्ठ, अष्ट्रेलिया (ज्ञान, शीप तथा प्रविधि हस्तान्तरण विभाग प्रमुख र ओशियान क्षेत्र ईन्चार्ज)
१३.सदस्यः कर्णबहादुर शाही, युके (एकिकृत अप्रवासी अभियान विभाग प्रमुख)
१४.सदस्यः कुन्ती थापा, अमेरिका (महिला विभाग प्रमुख)
१५. सदस्यः शिव बरुवाल, बेल्जियम (एनआरएन समन्वय विभाग)
त्यस्तै गरी बैठकले भक्त गरुङ (युके), रमेश पाण्डे (अष्टेलिया), भक्त गुरुङ( हङकङ), प्रभु थापा (अमेरिका), चानक पोख्रेल (कतार) र डा.विमला भण्डारी रसिया रहेको ६ सदस्य सचिवालय समेत गठन गरेकोछ, साथै पुर्व युरोप सह-संयोजक पुष्पराज तिमिल्सिना नेपाल सरकारको सिफारिसमा नेपालको संबैधानिक निकायको समावेशी आयोग सदस्यमा मनोनीत भई राष्ट्रपतिबाट नियुक्ति भैसक्नु भएकोले उहाँलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिईएको छ,
यता युरोप महादेशीय कमिटी १३ जना पछि थप गर्ने गरि ७५ जना युरोप महादेशीय कमिटी, खाडी महादेशीय हाललाई २१ सदस्य कमिटी र पछि अग्रज ४ जना थप्ने गरी २५ सदस्य कमिटी र पुर्वीय एसिया महादेशीय कमिटी ५ बैठकले अनुमोदन गरिएको छ । अध्यक्ष गुरुङ र सचिव पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्ति मार्फत जानकारी गराईएको छ ।