निकोसिया साइप्रस । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रसको २०२१-२०२३ नेतृत्व चयनको लागि अनलाईन माध्यमबाट अगष्ट २ र ३ मा हुने निर्वाचन समितिद्दारा एक विज्ञप्ति मार्फत जानकारी गराएकोछ, निर्बाचन अगष्ट एकमा गर्ने भनिएता पनि कोरोना महामारीको कारण अनलाईन माध्यमबाट हुने सिष्टमा आधारित भोटिङ् गर्नु पर्ने केहि प्राविधिक समस्या कारण २ र ३ गते दुई चरणमा निर्वाचन हुने कुरा एक विज्ञप्ति मार्फत जानकारी गराईएको छ, उम्मेदवारहरुको सहमतिमा अनलाईन भोटिङ् गर्ने निर्णय गरेको जानकारी गराउदैं उक्त अनलाईन भोटिङ्को लागि फोन नम्बर परिवर्तन गरिएको भए यथाशिघ्र आफ्नो फोटो र मतदाता नम्बर साथमा नयाँ सहित जानकारी गराउन समेत अनुरोध गरिएको छ,
संघको नबौं अधिवेशनलाई सभ्य र भब्य वातावरणमा निर्बाचन हुने भन्दै सबैको साथ र सहयोग आवश्यक रहेको बताए । अधिबेशनबाट अध्यक्ष पदको लागि कुन्दन कार्की र सरस्वती खनाल को छुट्टा छुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् भने मतदाताहरुले अध्यक्ष पद र ७ कार्यसमिति सदस्य पदको लागि लागि मात्र मतदान गर्नु पर्ने छ । ३ उपाध्यक्ष पदको लागि एक महिला उपाध्यक्ष सहित ३जना र महासचिव,कोषाध्यक्ष,सह-कोषाध्यक्ष, सह-सचिव,युवा प्रतिनिधि , महिला प्रतिनिधि सर्वसम्मत रुपमा निवार्चित भई सकेका छन् , भने सचिवमा कुनै पनि उम्मेदवारी नपरेको छैना। निर्वाचन समिति यस अघिको विज्ञप्ति मार्फत जनाएका छन्।
Previous Articleरुप्से दैनिक ! १७ श्रावण २०७८
Next Article उद्योग वाणिज्य संघद्वारा स्वास्थ्य सामाग्री वितरण