बागलुङ, ३० कात्तिक – जिल्लामा ४ नगरपालिका र ६ गाउँपालिकासहित १० ओटा स्थानिय निकाय बनाउन दलहरु सहमत भएका छन् । केही विषयमा नेपाली काँग्रेसले असहमति राखेको छ ।
पछिल्लोपटक स्थानिय निकाय संख्या तथा सिमाना निर्धारण आयोगले दिएको ११ वटाको अधिकतम् संख्या भित्रै रहेर प्रस्ताव तयार पारिएको हो । सबै विषयमा सर्वसम्मत हुन नसकेपछि दलहरुको अधिकतम् सहमतिमा बागलुङ, गलकोट, ढोरपाटन र जैमुनी नगरपालिका प्रस्ताव गरिएको जिल्ला प्राविधिक सहयोग समितिका संयोजक तथा स्थानिय विकास अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए ।
बागलुङ नगरपालिकामा पहिलेको नगर क्षेत्रसहित मालिका, पालाको वडा नम्बर–६ देखि ९, सिगानाको वडा नम्बर–६ बाहेक सबै, तित्याङ, भकुण्डे, रायडाँडा, अमालाचौर, नारायणस्थान र पैयुँपाटा गाविस परेका छन् । केन्द्र बागलुङ बजार नै हुनेछ ।
हरिचौरको मजुवाफाँट केन्द्र रहने गलकोट नगरपालिकामा हटिया, हरिचौर, मल्म, काँडेबास, नरेठाँटी, दुदिलाभाटी, रिघाको वडा नम्बर–३ र ६ तथा पाण्डवखानीको वडा नम्बर–३ र ४ परेका छन् ।
ताराखोलाका ४ वटा गाविस र तमानखोलाका ३ वटा गाविसको छुट्टाछुट्टै दुई वटा विशेष क्षेत्र बनाउने सहमति भएको छ । भातखानेडाँडा केन्द्र रहने ताराखोला गाउँपालिकामा तारा, हिल, अर्गल र अमरभुमी गाविस छन् ।
बोङ्गादोभान केन्द्र रहने तमानलोला गाउँपालिकामा तमान, बाङ्गादोभान र खुंखानी गाविस परेका छन् ।
ग्वालीचौर खर्बाङ केन्द्र रहने बढिघाट गाउँपालिकामा भिमगिठे, दर्लिङ, ग्वालीचौर, रणसिंहकिटेनी, जलजला, पाण्डवखानीको वडा नम्बर–३ र ४ बाहेक सबै, रिघाको वडा नम्बर–३ र ६ बाहेक सबै, दगातुन्डाँडा र सिसाखानी गाविस परेका छन् ।
बरेङ बाजर केन्द्र रहने बरेङ गाउँपालिका सल्यान, सुखौरा, बाटाकाचौर, हुग्दीशिर, धुल्लुबाँस्कोट राङखानी र पैयुँथन्थापको वडा नम्बर–१, २ र ९ वडा परेका छन् ।
अक्षेते सुल्डाँडा केन्द्र रहने काँठेखोला गाउँपालिकामा पाला गाविसको वडा नम्बर–१ देखि ५, सिगानाको वडा नम्बर–६, रेश, लेखानी, बिहुँ, तंग्राम, धम्जा र भिमापोखरा गाविस परेका छन् ।
झिवाखोला केन्द्र रहने गरि निसीखोला गाउँपालिकामा निसी, बोहरागाउँ र देविस्थान गाविस परेको राष्ट्रिय जनमोर्चा बागलङका अध्यक्ष अमर थापाले जानकारी दिएका छन् ।
Previous Articleनामावली संकलन तयारी थोरै भयो
Next Article निलम्बित प्रमुख लोकमान आफैँ हाजिर भए सर्वोच्चमा