कृष्ण कँडेल
बागलुङ, ३० कात्तिक – जिल्ला निर्वाचन कार्यालय बागलुङले सुरु गरेको मतदाता नामावली अद्यावधिक गर्न छुट्यार्ईएको समय र तयारी दुर्गम ठाउँका लागि पर्याप्त नभएको सरोकारवालाले गुनासो गरेका छन् ।
बागलुङका ५९ ओटा गाविस र एक नगरपालिकामा कार्तिक २८ गते आईतबारदेखि मंसिर २३ गतेसम्म मतदाता नमावलीमा दर्ता गर्ने, नाम थर तथा ठेगानामा त्रुटि भए सच्याउने, मृतकको नाम हटाउने तथा दाबी विरोध भए निवेदन गर्न सकिने गरि अभियान थालिएको छ ।
कम्तीमा एक हप्ताअघि जानकारी आउनु पर्नेमा एक्कासी टोली आएकाले गाउँका नागरिकलाई सुचनासम्म पु¥याउन नसकिएको नेकपा माओवादी केन्द्र बोबाङका अध्यक्ष सेरमान घर्तीले जानकारी दिए । ‘बोबाङको एक छेउको सिमानादेखि अर्कोमा पुग्नै तिन दिन लाग्छ’ घर्तीले भने, ‘धेरै गाउँमा फोन सम्पर्क पनि हुँदैन, दुई दिनको समय छ, २० प्रतिशतको नामावली संकलन गर्न पनि नसकिएला ।’
ढोरपाटनका लागि नामावली संकलन त्यही केन्द्र राख्नुपर्ने स्थानियको माग छ । ‘सुकुरदुममा राखिएको केन्द्रमा आउन ढोरपाटनबासी ५ घण्टा हिँडेर आउनुपर्छ’ घर्तीले थपे, ‘उनीहरु त सबै छुट्ने भए ।’ बोबाङका गाविस सचिव तथा सहायक नाम दर्ता अधिकारी हिमलाल सापकोटाले सामाजिक सुरक्षा भत्ता वितरणको कामले गाउँमै रहेकोमा निर्वाचन कार्यालयले अचानक सदरमुकाम बोलाएर कात्तिक २४ गते बैठक गरि तुरुन्तै गाउँ पठाएकाले सबैलाई खबर गर्न समेत नपाएको गुनासो गरे ।
ज्ञानोदय मावि बोबाङका प्रधानाध्यापक यमबहादुर कायतले भौगोलिक रुपमा विकट र निकै ठुलो क्षेत्र भएकाले छोटो समयमा मतदाता नामावाली संकलन गर्दा अधिकांश नागरिक छुटेका बताए ।
उता निसीमा पनि दुई दिनको मात्र समय पर्याप्त नभएको गाविस सचिव तथा नाम दर्ता अधिकारी ईन्द्र शाक्यले बताए । राजनीतिक पार्टि, गाविस सचिव, सञ्चारकर्मी तथा सरोकारवालालाई जिल्लामा बैठक गरेर अभियानमा सहयोग गर्न आग्रह गरिएको र सञ्चार माध्यमबाट समेत सुचना प्रसारण गरिएको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले बताए ।
उनले बीचमा धेरै बिदा परेका कारण गाविसमा पुग्न ढिलाई भएको स्वीकार गरे । दुई दिनमा बोबाङमा ५१ जनाको फोटो खिचाई मतदाता नामावलीमा नाम दर्ता गरिएको छ । १५ पहिला र ३६ पुरुषका फोटोसहितको मतदाता नामावली संकलन भएको हिमलाल सापकोटाले बताए ।
एक जनाको ठेगानामा भएको त्रुटि सच्याईएको छ । निसीमा ५८ जनाले फोटो खिचाई नाम दर्ता गरेका छन् । १३ जना महिला र ४५ जना महिलाको नाम फोटोसहितको मतदाता नामावलीमा दर्ता गरिएको गाविस सचिव तथा सहायक नामदर्ता अधिकारी ईन्द्र शाक्यले जानकारी दिए ।
दुई दिन फोटा खिचाएपछि डाटा अपरेटर अर्को गाविसमा जानुपर्ने भएकाले नयाँ मतदाता नामावाली संकलन नहुने र अब दुवै गाविसमा दाबी विरोध र त्रुटि सच्याउने काम हुने नाम दर्ता अधिकारीले जानकारी दिएका छन् ।
Previous Articleबागलुङमा मधुमेह दिवस मनाईयो
Next Article बागलुङमा ४ नगर, १० स्थानिय निकाय