बागलुङ, ३० कात्तिक – नोभेम्बर १४ तारिख अर्थात् विश्व मधुमेह दिवस । विभिन्न चेतनामुलक कार्यक्रम गरी बागलुङमा पनि विश्व मुधुमेह दिवस मनाईएको छ ।
सन् १९९१ देखि विश्व स्वास्थ्य संगठन र अन्तर्रा्ष्ट्रिय मधुमेह संगठनले हरेक वर्षको नोभेम्बर १४ तारिखमा यो दिवस मनाउने गरेका छन् । दिवसका अवसरमा बागलुङ क्रियाशिल लियो तथा लायन्स कल्बहरुले चेतनामूलक ¥याली आयोजना गरेका थिए ।
लायन्स क्लब अफ धौलागिरी ,लायन्स क्लब बागलुङ कालिका, लायन्स क्लब अफ बागलुङ र लायन्स क्लब अफ बागलुङ सिटीले संयुक्त रुपमा ¥याली प्रर्दशन गरेका थिए । साथै लियो क्लब अफ धौलागिरी, लियो क्लब अफ बागलुङ कालिका र लियो क्लब अफ बागलुङको पनि सहभागिता रहेका थियो । मुधुमेहबाट बच्न र बचाउन सकिने उपायको बारेमा जानकारी गराइएको थियो ।
विश्व स्वास्थ्य संगठनका अनुसार खानपान र जीवनशैलीलाई व्यवस्थित गर्न नसक्दा केही वर्ष यता मधुमेह रोगी बढ्दै गएका छन् । विश्वमा २५ करोडभन्दा धेरैलाई मधुमेह लागेको र हरेक १० सेकेन्डमा ३ जना बिरामी थपिने अन्तराष्ट्रिय मधुमेह संगठनको तथ्याङ छ ।
मधुमेह लागेकालाई मुटु, मिर्गौलामा संक्रमणको सम्भावना धेरै हुने चिकित्सकहरुको भनाई छ । खानपान र जीवनशैलीमा ध्यान पुरयाए मधुमेहबाट बच्न सकिन्छ ।
चिकित्सकहरुका अनुसार सन्तुलित खाना, नियमित व्यायाम गरी शरीरमा तौल ठीक राख्ने र रगतमा ग्लुकोजको मात्रा बारे जानकारी राखी सन्तुलन मिलाउन सके मधुमेह लाग्दैन ।