बागलुङ, ३० कात्तिक – जिल्लाको भकुण्डेमा तीनसम्म संचालन भएको बराह महोत्सव तथा मेला विविध कार्यक्रमको आयोजना गरि सकिएको छ । बराह ताल तथा मन्दिर संरक्षण समितिको आयोजनामा भएको महोत्सवमा बोल्दै सांसद नरबहादुर थापाले बागलुङ जिल्लालाई पर्यटकीय स्थलको रुपमा विकास गर्न स्थानीय तहदेखि नै पहल र पर्यात्न गर्नुपर्ने बताए ।
तालको बीचमा मन्दिर निर्माण, वृद्धाश्रम, धर्मशाला बनाउने उद्देश्यका साथ मेला आयोजना गरिएको हो । उक्त अभियानलाई आर्थिक सहयोग संकलनको लागि खेलको देउसीभैलो कार्यक्रमबाट १४ लाख रुपैयाँ संकलन भएको बताईएको छ ।
मेलामा बराह ताल र हिरा तालमा तोरण तानिएको थियो । मेलामा युवा पण्डित तिर्थराज गौतम, कृष्णलाल रिजाल र ताराप्रसाद गौतमले प्रबचन दिएको मुल आयोजक समितिका संयोजक नरबहादुर थापाले जानकारी दिए ।
Previous Articleतरुण दलको अधिवेशन थप दुई दिन लम्बियो
Next Article बागलुङमा मधुमेह दिवस मनाईयो