युवा ज्यो. सूर्य पौडेल
मेष– शुभ समाचारको प्राप्ति, अनावश्यक ठाउँमा धननाश, सामाजिक दायित्व बढ्ने ।
बृषः स्वास्थ्यस्थिति अनुकूल रहने, अनायासै आर्थिक लाभ भएतापनि खर्च पनि बढन्े छ ।
मिथुनः आफन्तजनसँग भेटघाट हुने, व्यापारमा नोक्सानी आाइपर्ने, सोचेका कार्यमा विध्नबाधा ।
कर्कटः वादविवादबाट टाढै रहनु श्रेयस्कर, व्यवसायमा असन्तुलनता, थालेका कार्यमा विध्नबाधा ।
सिंहः मनमा शान्ति छाउने, वादविवादबाट बच्नु नै उचित, आशा गरेको ठाउँबाट काम नबन्ने ।
कन्याः यत्रतत्र यश कीर्ति फैलने, मानसिक शान्ति मिल्ने, वादविवादको विषय बनिने ।
तुलाः मनमा अशान्तिको कालो बादल मडारिने, प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन, थालेका कार्य सफलतान्मुख ।
वृश्चिकः स्वजनसँगै वैचारिक द्वन्द्व, अशुभ समाचार सुन्नुपर्ने, सातान्तमा घरमा नवीन चहलपहल छाउने ।
धनुः आर्थिक लाभ हुने, आफन्तसँग मतभेदको सम्भावना, मानसिक अशान्ति हुने।
मकरः आँखामा कष्ट, मनमा प्रसन्नता नै छाउने, सातान्तमा गरिएको यात्रा कष्टप्रद रहने ।
कुम्भः नयाँ कार्यक्षेत्रको लगानी शुभ, मनमाभने असन्तोष हुने, सातान्तमा अनुकूल समय रहेको छ ।
मिनः आफन्तबाटै घातप्रतिघात हुने, स्वास्थ्यस्थिति अनुकूल रहने, मानसिक असन्तोष ।
Previous Articleसंविधान कार्यान्वयनका लागि व्यापक जनपरिचालन
Next Article आलुबाट आर्थाेपार्जन