बागलुङ, २९ कात्तिक – चिसो बढेपछि बागलुङको ढोरपाटन क्षेत्रका बालबालिकाहरु तल्लो क्षेत्रमा झर्न थालेका छन् ।
कृषि तथा पशुपालनका लागि अभिभावकको साथ लागेर गएका बालबालिकाहरु बोबाङ, अधिकारीचौर र बुर्तिवाङ सम्म झर्न थालेका हुन् । अस्थायी रुपमा झरेका बालबालिकाहरु विद्यालयमा आएपछि ती स्थानका विद्यालयमा चाप बढेको छ । ‘फागुन सम्मका लागि बालबालिकाहरु थपिएर बस्ने ठाउ“को अभाव हुने गरेको छ’ ज्ञानोदय माविका प्रअ यामबहादुर कायतले भने, ‘फर्निचर अभावमा उनीहरुलाइ बसाल्न सकिएको छैन ।’ कात्तिकको दोश्रो सातादेखि चिसो बढेपछि ढोरपाटनमा गएका बालबालिका झर्ने गर्छन् । ज्ञानोदय सहित अधिकारीचौरको शिवालय मावि, भुजी माविमा पनि बालबालिकाको चाप बढेको शिक्षकहरुले बताए ।
ढोरपाटनमा विद्याविकास निमावि र अन्य केही प्राथमिक विद्यालयहरु छन् । ती विद्यालयमा पनि जाडो मौषममा पढाइ संचालन गर्न कठिन हुने गरेको छ । ती विद्यालयका अधिकांस बालबालिकाहरु पनि बेसी झर्छन् । बोबाङ र अधिकारीचौरका अधिकांस बस्तीका बासिन्दा गर्मी मौषममा भेडा, बाख्रा, गाई भैसी लिएर ढोरपाटन र बुकी जाने गर्छन् । उतै बसेर आलु खेती समेत गर्ने भएकोले अभिभावकले बालबालिका लिएर जान्छन् । तल्लो भेगमा बुढाबुढी र साना बालबालिकालाइ मात्र छाड्ने गरेका छन् ।
फागुन सम्म अटाइ नअटाइ बस्ने बालबालिकाहरु अभिभावकको साथमा ढोरपाटन तिर उकालिएपछि भने विद्यालयमा संख्या कम हुन्छ । विद्यालयमा भर्ना भएपनि नियमित पढ्ने बानी अभावमा धेरैजसोले विचैमा पढाइ छाड्छन् । ‘आएको समयमा पढ्न खोज्नेलाइ रोक्न मिलेन’ कायतले भने, ‘पढाइ संचालन भएपनि परिक्षाको समयमा लेकतर्फ लागि सकेका हुन्छन् ।’ ढोरपाटनमा घुम्ती विद्यालय संचालन गर्ने माग भएपनि अहिले सम्म संभव भएको छैन ।
घुम्ती विद्यालय संचालन भएमा मात्र बालबालिकाले नियमित पढ्ने अवसर पाउने सरोकारवाला बताउ“छन् । ‘आर्थिक अभावका कारण हाम्रा अभिभावकहरु बालबालिकालाइ पनि मेलापातमा लगाउन बाध्य छन्’ स्थानीय शिक्षक चकबहादुर अदैले भने, ‘अझै पनि समाजमा चेतनाको विकास पनि भैसकेको छैन ।’ आर्थिक उपार्जनका लागि सधै मेलापातमै लाग्नुपर्ने बाध्यता नहटेसम्म सबै बालबालिकाले पढ्ने अवसर पनि नआउने उनले बताए । ढोरपाटनमा मंसिर देखि माघ सम्म हिउ“ पर्छ भने स्थानीय मानिस पनि बाहिर निस्कन सक्दैनन् ।
जिल्ला शिक्षाको रेकर्ड अनुसार पनि उक्त क्षेत्रमा अझै बालबालिकाहरु विद्यालय बाहिर रहेको तथ्यांक छ । शतप्रतिशत बालबालिका विद्यालय भर्ना गर्ने नीति भएपनि विचैमा छाड्ने तथा मौषमी रुपमा मात्र पढ्न आउने समस्या हटाउन नसकिएको शाखा अधिकृत खेमप्रसाद आचार्यले बताए । ‘सिमिति आर्थिक साधन श्रोतमा काम गर्नुपर्ने भएकोले चाहेजस्तै सहयोग गर्न नसकिएको हो’ आचार्यले भने, ‘कुनै वैकल्पिक श्रोत जुटाएर भएपनि अस्थायी बालबालिकालाइ स्थायी रुपमा पढ्ने वातावरण बनाउने योजना छ ।’ ती क्षेत्रमा सेभ द चिल्ड्रेन, गाजा युवा क्लब लगायतका केही संस्थाले खाजाको व्यवस्था समेत गराएर बालबालिका लाइ नियमित विद्यालय आउने वातावरण बनाइएको थियो । गाविस तहमा खाजाका लागि कोष समेत बनेपनि त्यो प्रभावकारी भने नभएको हो । बाल विवाह, बालबालिका पढाउने भन्ने चेतना अझै पुग्न नसकेकोले अझै सहयोगी अभियान ल्याउनुपर्ने अदाइले बताए ।