काठमाडौँ, ३० कात्तिक – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गर्दै भारतीय मुद्रा सटहीमा सहजीकरण गरिदिन आग्रहगरेका छन ।
मोदीसँग सोमबार साँझ भएको पाँच मिनेट लामो टेलिफोन वार्तामा प्रधानमन्त्री दाहालले नेपाली कामदार भारतमा गई त्यसबापत प्राप्त रकम भारतीय रुपैयाँमै नेपाल आउने गरेको, तीर्थव्रत, औषधिउपचार, विवाह लगायतका सामाजिक काममा समेत भारतीय रुपैयाँको प्रयोग र सञ्चिति हुने गरेकाले भारु पाँच सय र एक हजारका नोट नेपालमै सहज सटहीको व्यवस्था गर्न भारतीय समकक्षी मोदीसँग आग्रह गरेको उनको सचिवालयले बताएको छ ।
जवाफमा भारतीय प्रधानमन्त्री मोदीले भारु सटहीबारे नेपालमा उत्पन्न समस्या तत्काल समाधान गर्ने जानकारी गराउँदै नेपाल र भारतका अर्थमन्त्रीबीच सिधा सम्पर्क गरेर समस्या समाधान गर्ने बताएका थिए ।
Previous Articleचिसो बढेपछि बालबालिका बेसीमा
Next Article मोर्चाले सरकारलाई दियो १५ दिने अल्टिमेटम