अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण अवरुद्ध बनेको बेनी–दरबाङ सडकखण्ड मर्मत गरेपछि पुनः सञ्चालनमा आएको छ । सोमबारको वर्षाले म्याग्दीको बेनी नगरपालिका–४, फापरखेत र मंगला गाउँपालिका–२, सिमलचौर जोड्ने फापरखेतमा आएको पहिरोले गरेको अवरोध हटाएसँगै सिधा यातायात सञ्चालनमा आएको हो ।
म्याग्दीको पश्चिमी क्षेत्रका तीनवटा गाउँपालिकासहित छिमेकी जिल्ला बागलुङको ४ वटा गाउँलाई जोड्ने सडकखण्डमा पहिरोले अवरुद्ध बनाएपछि पैदलयात्रीलाई समेत आवतजावतमा सास्ती खेप्नुपरेको थियो । अवरुद्ध सडक पन्छाउन स्थानीयवासीका साथै नेपाली सेना, नेपाल प्रहरीको टोलीले लगातार दुई दिनसम्म मर्मत गरी सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए ।
फापरखेतको पहिरोमा १४ वटा ग्याविन जाली लगाइएको छ भने आवतजावतमा जोखिम कम हुने गरी मर्मत गरिएको प्रजिअ ढकालको भनाइ छ । पहिरोस्थलमा प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरको समेत उपस्थिति रहेको थियो
Previous Articleखाद्यबाली नष्ट भएपछि किसानहरु मर्कामा
Next Article जिम्मेवारी निभाउनेलाई सलाम