हिमालापारीको जिल्ला मुस्ताङमा हाल सञ्चालित आयोजनाहरुको अनुगमन अहिले तिब्र रुपमा भएको छ । मुस्ताङबाट प्रदेश सभाका सांसदहरु चन्द्रमोहन गौचन र इन्द्रधारा बिष्ट तथा चन्द्रमोहन गौचनका स्वकिय सचिव जीवन गोतामे तथा स्थानीय जनप्रतिनिधि तथा अगुवाहरुको टोलीले उपल्लो मुस्ताङका विभिन्न आयोजनाहरुको अनुमन गरेका हुन् ।
उपल्लो मुस्ताङको लो–घेकर दामोदर कुण्ड गाउँपालिकाको मराङमा रहेको लोगेकार गुम्बाको मर्मत आयोजनाको अनुगमन गरिएको छ । आयोजनाले गुम्बाको पर्खाल निर्माण गर्ने छ । ६५० मिटर लामो पर्खाल निर्माणका लागि गण्डकी प्रदेश सरकार, उद्योग पर्यटन तथा वातावरण मन्त्रालय, प्रदेशन निर्देशनालय अन्तरगत पर्यटन गन्तव्य कार्यक्रममार्फत आएको ४० लाख बजेटबाट फरक तबरको संरचना बन्न लागेको हो । उक्त बजेट व्यवस्थापन गर्नका लागि मुस्ताङका नेकपा अध्यक्ष एवम् प्रदेश सांसद चन्द्रमोहन गौचनको विशेष पहल रहेको थियो ।
लोगेकार गुम्बा ऐतिहासीक महत्व बोकेको गुम्बा भएको हुनाले पर्यटकहरुलाई आकर्षण गर्नका लागि गुम्बाको सुरक्षा मजबुत हुन पर्ने भएकोले मन्त्रालयले त्यस क्षेत्रमा बजेट व्यवस्था गरेको नेकपा मुस्ताङका अध्यक्ष एवम् प्रदेश सांसद चन्द्रमोहन गौचनले बताए । उक्त गुम्बा आठौं सताब्दीमा बनेको र त्यसको संरक्षणमा स्थानीयले नै गरी रहेकोमा राज्यको तर्फबाट पनि राम्रो सहयोग प्राप्त भएकोले यसलाई मजबुत बनाउनु सबैको कर्तव्य भएकोले अनुगमन गरिएको सांसद गौचनले बताए ।
भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वत मार्फत सम्झौता भएर अगाडी बढेको उक्त आयोजनाको कार्य लोघेकर गुम्बा संरक्षण उपभोक्ता समितिले निर्माण सम्पन्न गर्न लागेको हो । गत २०७७ बैशाखमा सम्झौता भएर सञ्चालनमा आएको लोघेकर संरक्षण(पर्खाल निर्माण) कार्यक्रमले गुम्बाको संरक्षणका लागि उत्कृष्ट कार्य हुने सहायक भू–संरक्षण अधिकृत सम्भुकुमार मिश्रले बताए ।
Previous Articleबार्सिलोनाले उपाधिको आशा कायमै राख्दा, एस्पानियोल रेलिगेसनमा
Next Article ४५ जनालाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही