एजेन्सी– पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नेपाल–भारत सीमा विवादमा भारत दोषी रहेको स्पष्ट गरेका छन् ।
प्रधानमन्त्री खानले मोदी सरकारको विस्तारवादी नीतिका कारण छिमेकीहरु बिच्केको बताएका छन् । उनले छिमेकीहरुका लागि धर्मको आडमा टिकेको मोदी सरकार खतरा रहेको पनि उल्लेख गरे । भारतीय विस्तारवादी नीतिका कारण क्षेत्रीय शान्ति खल्बलिने चेतावनी खानको छ ।
‘नेपाल र चीनसगँगको सीमा विवादमा भारतले परिस्थिति बिगारिरहेको छ’, खानले ट्विट गर्दै भनेका छन्, ‘मोदी सरकारको विस्तारवादी नीति क्षेत्रीय शान्तिका लागि बाधक छ ।’