नेपालमा बुधबार एकै दिन १ सय १४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा गरी बुधबार १ सय १४ जनामा कोरोना देखिएको जनाएको हो । मन्त्रालयका अनुसार काठमाण्डु, मकवानपुर, कास्की, दाङ, मोरङ र धनकुटामा गरिएको परीक्षणमा नयाँ संक्रमित भेटिएका हुन् ।
टेकुस्थित राष्ट्रिय जनीवास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जना तथा पोखरामा चार, दाङमा १८, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १७ जना, हेटौडामा भएको परीक्षणमा ८ जना, भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा १६ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कूल संक्रमतिको संख्या ८ सय ८६ पुगेको छ ।