ओमान/रुकुमा चौरजहारी नगरपालिका सोतिमा घटेको घटना सम्बन्धि प्रवासी नेपाली एकता मञ्च ओमानले २० जना विरुद्धको कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी अनुसार सत्य-तथ्य छानबिन गरि दोषी उपर कुनै सामाजिक, राजनीति, जातिगत, आस्थागत पुर्वाग्रह तथा हस्तक्षेप नगरी प्रचलित कानुन बमोजिम आजिवन सजायको जोडदार माग गर्दै अध्यक्ष उमेश विश्वकर्मा, सचीव महेश न्यौपानेको हस्ताक्षर सहितको प्रेस बिज्ञप्ति जारी गरेको छ । बाकी प्रेस बिज्ञप्ति जस्ताको तस्तै पढनु होला ।
प्रेस विज्ञप्ति
विषय:- रुकुम चौरजहारि नरसंहार ।
विश्व २१औं सताप्दिको बैज्ञानिक तथा कम्प्युटर युगको तिव्रगति तथा पृथ्वीको विकल्प खोजिरहेको अबस्थामा नेपाली समाज अझै लैङ्गिक, धार्मिक, सास्कृतिक, सामाजिक तथा विभिन्न जात-जाति भित्रका कुसंस्कार / दानवरुपि बिकृती विसंगतियुक्त क्रियाकलापहरुको लडाइ, समर्थन र प्रचारमा ग्रसित छ । जसको प्रतिफल गत जेठ १० गते राती चौरजहारी नगरपालिका सोति ८ को अकल्पनीय घटना एक उदाहरण हो । जुन घटनाको प्रकृति एक वर्ष भन्दा लामो समयसम्म नबराज बि.क.र सुस्मिता मल्ल बिचको अन्तर-जातीय प्रेम संमबन्ध हुनु नै प्रष्ट देखिन्छ । विश्व मानव जगतमा लैङ्गिकताको आधारमा महिला र पुरुष दुई जात मात्र छन । एक-अर्का बिच मन चित्त मिले मायाप्रेम गर्न पाउनुपर्ने मानवीय अधिकार, प्रचलित कानुन,राज्यसरकार तथा सरोकारवाला निकाय सबैलाई चुनौती दिदै बिखन्डन तथा सामाजिक सद्भाव खल्बल्याउने गरि भएका नबराज बि.क. , टिकाराम बि.क., गणेश बुढा मगर, लोकेन्द्र सुनार, गोबिन्द शाही र सन्जु बि.क.को ज्यान लिएको नरसंहारको प्रवासी नेपाली एकता मञ्च ओमन यसै बिज्ञपति मार्फत घोर भ्रत्सना गर्दछ । साथै मृतक सबैमा हार्दिक श्रद्धाञ्जली र बेपत्ताहरुको तत्काल खोजी गर्न माग सहित सोकाकुल परिवार जनहरुमा गहिरो समबेदना व्यक्त गर्दछौं ।
पीडित बाट दिएको २० जना विरुद्धको कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी अनुसार सत्य-तथ्य छानबिन गरि दोषी उपर कुनै सामाजिक, राजनीति, जातिगत, आस्थागत पुर्वाग्रह तथा हस्तक्षेप नगरी प्रचलित कानुन बमोजिम आजिवन सजायको जोडदार माग गर्दै नेपाल सरकार, जिल्ला प्रशासन कार्यलय रुकुम/जाजरकोट,राजनीतिक पार्टीहरु, विभिन्न सामाजिक ब्याक्तित्व लगायत संबन्धित सरोकारवाला निकाय सबैमा हार्दिक अनुरोध गर्दछौं ।
महेश न्यौपाने उमेश बि.क.
सचिब अध्यक्ष