रुकुमको चौरजहारी घटनापछि भेरी नदीमा बेपत्ता भनिएका तीन जना युवकको खोजीमा सशस्त्र प्रहरीको तालिम प्राप्त गोताखोर टोली परिचालित भएको छ ।
जाजरकोटस्थित सशस्त्र प्रहरी बलको आश्रीत गुल्मबाट डीएसपीको कमाण्डमा ४ जनाको गोताखोर टोली र सशस्त्र प्रहरी बल नम्बर ४७ गुल्म पश्चिम रुकुमबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा ४ जना विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीसहित १८ जनाको टोली परिचालित भएको हो ।
शनिबार राति रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको थियो भने गाउँलेको आक्रमणबाट बच्न अन्य ६ जना भेरी नदीमा हामफालेका थिए ।
जसमध्ये तीन जनाको शव फेला परिसकेको छ भने अन्य तीन जना अझै बेपत्ता छन् ।