चेतना भया
भरत बागलुङे
आधुनिक नेपाली गद्य कविताका शिखर पुरुष भूपि शेरचनले आप्mनो चर्चित यो हल्लै हल्लाको देश शीर्षकको कवितामा जे लेखेका छन् त्यो नेपालको इतिहासमा सायदै कहिल्यै गलत सावित होला । साँच्चि हामी हल्लै हल्लाको जङ्गलबीच हराईरहेका छौँ । हल्लै हल्लाका आलिशान महल खडा गरिरहेछौँ र त्यसको शिखरमा बसेर हामी सेकेण्ड सेकेण्ड कोकोहोलो मच्चाईरहेछौँ । दगुरी रहेछौँ हामी बेस्सरी हल्ला मच्चाउँदै सडकमा र पछि पछि मुस्ताङ्गी भेडाहरुको शैलीमा फेरी पनि हामीहरु आवेगपूर्ण वेग मारिरहेछौँ । अफशोच !
हल्लाहरुको यो क्रम सेकेण्ड सेकेण्ड बदलिरहेको छ । पहिले हामी सडकमा हल्ला गथ्र्यौँ, राष्ट्रियता, सत्ताको कु्ररता, स्वतन्त्रता, धर्म, संस्कृति र मुलुकप्रतिको उत्तरदायित्वको बारेध । समयक्रममा हामी बदलिएका छौँ । चेतना, विचार, संस्कार, इमान बदलिएका छन् । सत्ता बदलिएको छ । दृष्टिकोण बदलिएको छ । सडक बदलिएको छ । हावामा हल्ला मच्चाईरहेछौँ हामी यतिबेला । पत्रिकाहरुको भित्तोमा हल्ला चलिरहेको छ । टेलीभिजन चलिरहेको छ । कम्प्युटरका भित्ताहरुमा, मोवाईल र ट्वालेटका स्क्रीनहरुमा हामी हल्ला मच्चाईरहेका छौँ । तद्यापी भूपि शेरचन ती गलत सावित हुन सकिरहेका छैनन् । तिनको कविताको शक्ति र त्यसको गरिमा अरु बढिरहेको छ । हामी हल्ला गरिरहेका छौँ । काँग्रेस बनेर हल्ला गरिरहेका छौँ कम्युनिष्ट विरुद्ध । कम्युनिष्ट बनेर हल्ला गरिरहेका छौँ काँग्रेस विरुद्ध । पहाडी बनेर हिमाली र मधेशीविरुद्ध हल्ला चलाईरहेका छौँ हामी । मधेशी बनेर हिमाली र पहाडीविरुद्ध घृणाको आगो ओकेली रहेछौँ । चिसो हिमालमा बसेर हामी मधेशी र पहाडीविरुद्व हामी निर्मम बचन प्रहार गरिरहेका छौँ । हिन्दु, बौद्ध, मुस्लिम, क्रिश्चियन र छोटा मोटा धर्म संस्कृतिका घोडा चढेर हामी मानवता भुलिरहेका छौँ । मान्छे भुलिरहेका छौँ । छालाको रङ्ग, मान्छेले लगाउने लुगो, बस्ने भुगोल, मान्ने धर्म, गर्ने काम, खाने तौरतरिका, लिङ्ग, बोल्ने भाषा, हिँड्ने बाटो ती सब हाम्रा हल्ला गर्ने माध्यम बनिरहेका छन र हामी अचेत हल्ला गरिरहेका छौँ । अफशोच !
मानवताका सबै साँध र सीमाहरु पार गरेर हामी हल्ला मच्चाईरहेका छौँ । के जीवनको अन्तिम सार या हाम्रो चैतन्य केवल हल्लाको पछि दगुर्न किन अभिषप्त छ ? पागल बनिरहेकाछौँ हामी सत्ताको निमित्त । गाली गलौजका अपवित्र शब्दहरु सामाजिक सञ्जालभरी असरल्ल टाँग्नमा म्याराथुन दौडिरहेका छौँ हामी । टेलीभिजनहरु दुनियाँका सम्मुख पोखिरहेका छन् विद्धेषयुक्त वाणीहरु । च्याउ जस्ता रेडियोका स्टेशनहरु ती भुलिरहेका छन् जीवनका सच्चाईहरु । विज्ञापनका पछि दगुरी रहेका छन् विद्वान कवि लेखकहरु । बजारतन्त्र पागल बनिरहेको छ र हामी त्यसको पाखण्डपनको शिकार बनिरहेका छौँ । कानुनका आँखा ती सधैँको लागि बन्द गरिएका छन् र हामी बाँचिरहेका छौँ साँच्चि के को लागि ? समयले मान्छेसँग प्रश्न गरिरहेको छ या समयसँग मान्छेले ? हामी भातको लागि बाँचिरहेका छौँ ? लुगाको लागि या आलिशान महलमा महँगो र विलाषी जीवनको लागि बाँचिरहेका छौँ यतिसारो हल्ला गरेर ? महँगा युद्ध या आन्दोलन हाम्ले हल्लै हल्लाको भरमा पार गर्यौँ त्यसका खास सार के थियो ? बोल्न सकिरहेका छैनन् सारथीहरु । युद्धको रथ चढेर एक अर्काको वधमा जीवनको गरिमा र उचाई देख्नेहरु ती बबुराहरु बोल्न सकिरहेका छैनन् खासमा ती किन लडिरहेका थिए युद्ध । अफशोच !
सडकको पेटीमा उभिएर अस्ति भर्खर एउटा मनुवाले घोषणा गर्यो संविधान संशोधन गरेर हिन्दी भाषालाई नेपालको राष्ट्रिय भाषाको मान्यता दिईँदैछ । सहरभरी खरको आगो जसरी हल्ला पैmलियो र त्यो हावाको घोडा चढेर दुनियाँको सफरमा निस्कियो कस्तो गज्जब । मुलुकका अधिपति ति बबुरा सफाई दिईरहेका छन् ति माथी लगाइएको फत्तुरको विरुद्ध । कहाँबाट कुन पाखण्डीले भाषाको तीर प्रहार गर्यो र हाम्रो सहिष्णुता र संवेदनामाथी प्रहार गर्यो ? हल्लाहरुको पछि दगुरी रहेकाहरुले बुभ्mन कहिल्यै खोजेनन् । ती राष्ट्रवादका लोरी गाएर मुलुकको अखण्डतामाथी प्रहार गरिरहेछन् । विश्वास भत्काईरहेका छौँ हामी । गरिमा र त्यसको सम्मानलाई कुल्चिएर हामी दुर यात्रामा छौँ । अर्को बिहान सडकमा उभिएर फेरी लोपी पापी मनुवा हल्ला गरिरहेको थियो । लोकमानमाथी महाअभियोग लगाउनु आफुमाथीको अपराधलाई ढाकछोप गर्नु हो । लोकमान कार्कीलाई महाअभियोग लगाउनु कानुन विपरीत कर्म हो । हामी फेरी दौडीरहेका छौँ म्याराथुन । अख्तियार प्रमुख लोकमान ती यो लोक भन्दा माथी छन् । तिनका काला कर्तुत, पाप र क्रुरतालाई आँखा चिम्लेर तीन वर्ष पहिलेको हिउँदमा तिनका शीरमा ताज पहिरिनेहरु र नागरिक गरिमा र नागरिक आक्रोसलाई कुल्चेर हिँड्नेहरु बुभ्mदैछन् सर्प पाल्नुको दण्ड । विडम्बना तिनका खुट्टा आजपर्यन्त लुगलुग काँपिरेहका छन् । सत्ताको कुर्चि हल्लिरहेको छ । तिनका मुुटु थरहरी भएको छ । प्रभुको श्रापको डरले ती आत्माहत्याको तहमा ओर्लिन तयार छन् । कस्तो विडम्बना ! हामी हल्ला गरिरहेका छौँ । लोकमानको पक्ष विपक्षमा । रित्तो हात, रित्तो मगज । मुलुकको कानुन भन्दा ठूलो कुनै व्यक्ति हुनै सक्दैन । कुनै पद प्रतिष्ठा त्यो मुलुकको अखण्डता भन्दा माथी हुन सक्दैन । अदालतको अपहेलना र कानुनी राज र नीति नियमका विरुद्ध प्रतिशोध टाउकोमा बोकेर हिँड्ने लोकमान वसन्त विद्रोहको अपराधीको रुपमा दर्ज भईसकेको मनुवा हो । तर हामी फेरी पनि लुगलुग छौँ । जिम्मेवारीका लक्ष्मण रेखा नाघेर दक्षिणतर्पm हेरिरहेका छौँ । लोकमानको अदृष्य शक्तिको पुजा र त्यसको महिमा हामी भुलिरहेका छौँ । अफशोच !
तेस्रो साँझ फेरी कोई हल्ला मच्चाईरहेको छ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणसँगै नेपाल गणराज्यको संविधान संशोधन हुँदैछ र अंगीकृत नागरिकता लिएका विदेशीहरु दशवर्षपछि मुलुकको कार्यकारी या संवैधानिक स्थानमा विराजमान हुन सक्नेछन् । तर मुलुकका सर्वोच्च मालिक प्रचण्ड ती सफाई दिईरहेका छन् ना ना यो हल्ला हो संविधान संशोधनमा अंगीकृतलाई मुलुकका सर्वोच्च पदमा पुग्ने कुनै बुँदा राखिएको छैन । सामाजिक सञ्जाल विकृत स्वरुपमा विराजमान छ । टेलीभिजन, रेडियो र पत्रिकाहरु ती हल्ला मच्चाईरहेका छन् । नेपाल फिजिकरण भयो । नेपाल बेचियो । नेपाल सिक्किमिकरण गरियो । हामी राष्ट्रवादी उ राष्ट्रघाती बेइमान । वाह ! नागरिक भूपि शेरचनको कविताका अक्षर अक्षर र शब्द शब्दमा विभाजित छन् । के साँच्चि नेपालको संविधान संशोधन हुँदैछ दक्षिणी प्रभुको आदेशमा ? के साँच्चि अंगिकृत नागरिकहरु ती दशवर्षपछि राष्ट्रका सर्वोच्च ताज शीरमा टाँगेर रजगज चलाउने छन् यो चिसो हिमाली मुलुकमा ? सच्चाई जान्न पाउनु नागरिकको हक हो तर नागरिक ती हल्लामा अभ्यस्त छन् र तिनका सर्वोच्च कमाण्डर ती मौन देखिन्छन् । कस्तो अचम्म ! मुलुकका मालिकहरु ती आफुलाई इश्वर करार गरी नागरिक माथी अन्याय थोपरी रहेका छन् । सत्ताको लागि अपवित्र र अवैध कर्ममा ल्याप्चे लगाउनेहरुले बुभ्mनु जरुरी छ हल्लाहरुको आँधि जीवनको सबै भन्दा खतरनाक सावित बनिरहेको छ इतिहास हाम्रा सम्मुख छ । चेतना भया !
दजदबनगिलनभ२नmबष्।िअयm