यस्तो सोचिएको थिएन । तर यसबाट अमेरिका बच्न पनि सकेन । कोरोना भाइरस महामारीपछि अमेरिकामा यस रोगबाट ज्यान गुमाउनेको संख्या झन्डै १ लाख पुगेको छ । अनि, अमेरिकाको चर्चित पत्रिका न्युर्योक टाइम्सले आइतबार आफ्नो प्रथम पृष्ठमा मृतकको नाम छापेको छ । ‘अमेरिकाको मृत्यु १ लाख नजिक, ठूलो क्षति’ शीर्षकपछि उप शीर्षक राखिएको छ ‘उनीहरु यस सूचीका सामान्य नाम मात्रै थिएनन्, उनीहरु हामी नै थिए ।’ग्राफिक्स डेस्कका सहायक सम्पादक सिमोन ल्यान्डनका अनुसार प्रायः लेख, फोटो र ग्राफिक्सले सजिने गरेको प्रथम पृष्ठमा अहिले पुरै अक्षर मात्रै छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा ज्यान गुमाउनेको संख्या ९६ हजार नाघिसकेको छ ।
पत्रिकाका चिफ क्रियटिभ अफिसर टम बोडकिनले ४० वर्ष यस पत्रिकामा बिताउने फोटो वा ग्राफिक्स बिना नै फ्रन्ट पेज निस्किएको कहिल्यै नदेखेको बताए ।