एजेन्सी– पाकिस्तानको राजधानी कराँची नजिकै विमान दुर्घटना भएको छ ।
लाहोरबाट आएको पाकिस्तान इन्टरनेशनल एइरलाइन्सको विमान जिन्नाह इन्टरनेशनल एयरपोर्टमा अवतरण हुनै लाग्दा दुर्घटनामा परेको हो । विमानमा चालक दलका १२ सदस्य तथा ८५ यात्रु गरी ९७ जना सवार रहेको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् ।
विमानस्थल अधिकारीहरुका अनुसार अवतरण हुनुभन्दा एक मिनेट अगाडि विमान सम्पर्क विच्छेद भएको थियो । विमान ठोक्किएर विमानस्थल नजिकैका कयौं घर ध्वस्त भएका छन् । घर भत्किएका कारण पनि मानवीय क्षति भएको बताइएको छ । यद्यपि कति जनाको मृत्यु भएको भन्नेबारे यकिन भएको छैन ।