जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका थुनुवामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
प्रहरी अनुसन्धानका क्रममा थुनामा रहेका शिवनाथ गाउँपालिका(१ का २२ वर्षीय युवकमा कोरोना पुष्टि भएको बैतडी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले संक्रमित युवकलाई १५ वैशाखमा कर्तव्य ज्यान मुद्दामा पक्राउ गरिएको जानकारी दिए ।
ती युवक भारतबाट आएको पाण्डेयेले बताए । यसैबीच सबै थुनुवा र प्रहरीको कोरोना परीक्षणको तयारी भएको छ ।