भारतबाट नेपाल प्रवेश गर्न पाउनुपर्ने भन्दै रुपन्देहीको बेलहिया नाकामा राति करिब १ सयभन्दा बढीले प्रदर्शन गरेका छन् ।
नौतनवा क्वारेन्टाइनमा २१ दिन बसेर आएकाले स्वस्थ्य रहेको दाबीसहित उनीहरुले नेपाल भित्रिने पाउनुपर्ने माग गरेर बिहीबार राति प्रदर्शन गरेका हुन् । रुपन्देही प्रहरी प्रमुख एसपी हेमकुमार थापाले सीमा क्षेत्रमा नाराबाजी भइरहेको स्वीकार गरे ।
त्यति धेरै संख्याका मानिसलाई ल्याएर राख्ने क्वा।ेन्टाइन नभएकाले शुक्रबारसम्म केही निर्णय लिने जानकारी थापाले दिए । लकडाउनपछि पाँच हजार मानिसलाई भारतबाट ल्याएर क्वारेन्टाइनमा राखी सकिएकाले खाने बस्ने कुराको व्यवस्थापनमा जटिलता रहेको उनको भनाइ थियो ।