पौडेल बंश महासंघ म्याग्दीको दोश्रो अधिवेशनबाट रामप्रसाद पौडेलको नेतृत्वमा नयाँ समिति चयन भएको छ । पौडेल बंश महासंघका केन्द्रीय अध्यक्ष हरिराम पौडेलको प्रमुख आतिथ्यतामा बेनीमा सम्पन्न अधिवेशनबाट १३ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा देवीप्रसाद पौडेल, सचिव मुक्ति पौडेल र कोषाध्यक्षमा पदमबहादुर पौडेल चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा अर्जुन पौडेल, हरिप्रसाद पौडेल, शान्ति पौडेल, रुद्रबहादुुर पौडेल, थमलाल पौडेल, रामबहादुर पौडेल, सोमबहादुर पौडेल, श्रीराम पौडेल र बालकृष्ण पौडेल चयन हुनुभएको नव निर्वाचित अध्यक्ष रामप्रसाद पौडेलले जानकारी दिनुभयो ।
त्यसेगरी अधिवेशनबाट बंसावलि संकलन संयोजकमा मुकुन्द पौडेल, महिला संयोजक सकुन्तला पौडेल र पुजा व्यवस्थापन समिति संयोजकमा दण्डपाणी पौडेललाई चयन गरिएको छ । बेनी नगरपालिकामा राजाराम पौडेको संयोजकत्वमा ११ सदस्यीय समिति गठन भएको छ । त्यसैगरी पालिका कार्यसमितिहरुमा धौलागिरी गाउँपालिका संयोजकमा ओमकार पौडेल, मालिका संयोजकमा खोमबहादुर पौडेल मंगला ससंयोकमा रुद्रबहादुर पौडेल र अन्नपूर्ण तथा रघुगंगा संयोजकमा दिपक पौडेलको नेतृत्वमा समिति गठन भएको जिल्ला कार्यसमितिका सचिव मुक्ति पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रमको उद्घाटन सत्रमा पौडेल बंस महासंघका कृन्द्रीय अध्यक्ष हरिराम पौडेलले देशमा धेरै जनसंख्या रहेको पौडेलहरु एक भएर अगाडी बढ्नु पर्नेमा जोड दिनुभएको थियो । उहाँले सबैमा भाइचारा कायम गर्दै सबै मिलेर तथा सहकार्य गरेरै अगाडी बढ्दै आफ्नो घर र थरको पहिचान कायम गर्नु पर्ने तर्क गर्नुभएको थियो । उहाँले हाम्रो थर मात्रै होइन हामी सबै मानवजाति एक थर हो तर हाम्रा पुर्खा र पुस्ता के कसरी आएका हुन् भन्ने कुराको खोजबिन गरेर तथ्य संकलन गर्न तर्फ सबैले ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।
कार्यक्रममा संविधानसभा सदस्य गोविन्द पौडेल, पौडेल बंश महासंघ वंशावली निर्माण समिति संयोजक प्रा.डा. कृष्ण पौडेल, केन्द्रीय सहसचिव चन्द्रमणी पौडेल, बागलुङका केन्द्रीय प्रतिनिधि चन्द्रमणी पौडेल, प्रदेश सदस्य हेरम्ब पौडेल, प्रदेश सदस्य मुक्ति पौडेल लगायतको सहभागिता रहेको निवर्तमान अध्यक्ष रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।