मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर सप्तरीमा बिहीबार एक महिलाको मृत्यु भएको छ ।
करेन्ट लागेर मृत्यु हुनेमा बोदे बर्साइन नगरपालिका(९ सिम्राहा की ४० वर्षीया मिरकुनदेवी छन् । करेन्ट लागेर गम्भीर बिरामी भएकी उनलाई उपचारका लागि अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।