प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
बैठकमा जारी लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे छलफल हुने बताइएको छ । सरकारले गत ११ चैतदेखि देशभर लकडाउन गर्दै आएको छ । यस्तै कोरोना रोकथाम र नियन्त्रणमा भइहरेका काम र संक्रमितको उपचारका विषयमा समेत समीक्षा हुने मन्त्रीले काठमाण्डुटुडेलाई बताए ।
उनका अनुसार बैठकमा भारतसहित विभिन्न देशमा रहेका नेपालीलाई स्वदेश फर्काउने विषयसमे बैठकको एजेण्डामा छ । अघिल्लो मन्त्रिपरिषद बैठकले विदेशमा रहेका नेपाली फिर्ता ल्याउने काम सुरु गर्ने निर्णय गरेको थियो ।