नेपालमा शुक्रबार बिहान मात्र थप ३० जनामा कोरोा भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्लाहीमा १५, कपिलवस्तुमा ९, चितवनमा २, नवलपरासीका ३, नवपरासी पूर्वका १ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार सर्लाहीको गौडेता नगरपालिका र रामनगर बहुअर्वा नगरपालिकाका २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८ र ३९ वर्षका पुरुष तथा १८ वर्षीया महिलामा कोरोना देखिएको हो ।
यस्तै चितवनको भरतपुर महानरगपालिका–६ का ७४ वर्षका पुरुष तथा ७३ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपरासीको सुस्ता गाउँपालिका–५ र रामग्राम नगरपालिकाका ३३ र ३५ वर्षका पुरुष तथा १५ वर्षकी किशोरी र नवलपरासी पूर्वको विनय त्रिवेणी गाउँपालिका– ६ का ४५ वर्षका पुरुषमा कोरोना पुष्टि भएको छ ।
कपिलवस्तुको वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकाका २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षका पुरुष र ८ वर्षकी बालिकामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यो सँगै नेपालमा कूल संक्रमित संख्या ४ सय ८७ पुगेको छ ।